रिहा भए छविलाल जोशी « Khabarhub

रिहा भए छविलाल जोशी


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी रिहा भएका छन् । सहकारी ठगी प्रकरणमा कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक जोशी रिहा भएका हुन् ।

थुनाबाहिर बस्न पाउनुपर्ने माग गर्दै उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, बुटवलले मिसिल पुन: जिल्लामै फिर्ता पठाउने आदेश दिएको थियो । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको इजलासले उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा उनी थुनामा थिए । जोशीले एकमुष्ट तीन करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जिल्ला अदालतले जनाएको छ।

उनीसँगै थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भने यही पुस ३ गते उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो । उनी रिहा भएर पनि पार्टीमा सक्रिय भैसकेका छन् । लामिछानेले ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएका थिए। त्यसमध्ये एक करोड पहिल्यै बुझाएका थिए।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ९ : ०९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले