लिभरपुल च्याम्पियन्स लिगको दोस्रो चरणमा « Khabarhub

लिभरपुल च्याम्पियन्स लिगको दोस्रो चरणमा


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार सातौँ खेलमा जित हात पार्दै लिभरपुल युरोपेली च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा लिभरपुलले लिलीलाई २-१ ले हरायो। १० खेलाडीमा सीमित लिलीलाई हराउने क्रममा मोहम्मद सलाहले क्लबका लागि ५० औँ युरोपेली गोल गरे।

३४ औँ मिनेटमा कार्टिन्स जोन्सको थ्रु पासलाई उपयोग गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए।

लिलिका आइसा मान्डिसले दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाएपछि दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा सीमित भएको थियो। त्यसको तीन मिनेटपछि ६२ औँ मिनेटमा जोनाथन डेभिडले लिलीका लागि बराबरी गोल गरेका थिए।

खेलको ६७ औँ मिनेटमा हार्भी इलियटले कर्नरमा हेड गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ५ : ४९ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट