१० खेलाडीमा सीमित एट्लेटिकोको महत्त्वपूर्ण जित : अल्भारेजले गरे दुई गोल « Khabarhub

१० खेलाडीमा सीमित एट्लेटिकोको महत्त्वपूर्ण जित : अल्भारेजले गरे दुई गोल


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खेलको ६५ मिनेटमा १० खेलाडीमा सीमित एट्लेटिको म्याड्रिडले वायर लिभरकुसेनसँगको खेलमा संघषपूर्ण जित हात पारेको छ। यो २-१ को जितसँगै उसले युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।

एट्लेटिकोका लागि म्यानचेस्टर सिटीका पूर्व खेलाडी जुलियन अल्भारेजले दुई गोल गरे। २५ औँ मिनेटमा पाल्बो मोसिरसले रातो कार्ड पाए पछि एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो।

पहिलो हाफको इन्जुरी समयमा मुकियलाको क्रसमा पियरे हिन्कापीले हेड गोल गर्दै लिभरपुकसेनलाई पहिलो अग्रता दिलाएका थिए। खेलको ५३ औँ मिनेटमा अल्भारेजले बराबरी गोल गरे भने खेलको अन्तिम समय ९० औं मिनेटमा विजयी गोल गरेका हुन्। म्याड्रिडको १५ अङ्क छ। लिभरकुसेन १३ अङ्कसहित छैटौँ स्थानमा छ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : ३४ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट