एटलान्टा र मोनाकोको सफलतापछि रोचक बन्दै च्याम्पियन्स लिगको समीकरण « Khabarhub

एटलान्टा र मोनाकोको सफलतापछि रोचक बन्दै च्याम्पियन्स लिगको समीकरण


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा इटालियन क्लब एटलान्टाले स्टुवार्म ब्राजलाई ५-० ले हराएको छ। सो जितसहित एटलान्टा तालिकाको चौथो स्थानमा उक्लिएको छ। एटलान्टाको १४ अङ्क छ। सो टोली सिधै दोस्रो चरण प्रवेश गर्ने सम्भावना कायम छ। उसले प्ले अफ भने पक्का गरेको छ। च्याम्पियन्स लिगमा सहभागी ३६ टोली मध्य १६ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्।

लिग चरणका ८ खेलको समाप्ति पछि ८ टोली सिधै प्रवेश गर्ने छन् भने नवौँदेखि २४ औँ स्थानमा रहनेको बिचमा प्ले अफ हुनेछ। यी १६ मध्यका ८ टोली पनि दोस्रो चरणमा प्रवेश गर्ने छन्। १८ टोलीले ७ खेल खेलेका छन् भने १८ टोलीले बुधबार रातिसम्ममा सातौँ खेल खेल्ने छन्।

अर्को खेलमा फ्रेन्च क्लब मोनाकोले अस्टन भिल्लालाई १-० ले हरायो। बोलोग्नाले बोरुसिया डर्टमन्डलाई २-१ ले हरायो। क्लब ब्रग र युभेन्ट्स बिचको खेलमा गोल रहित बराबरीमा सकियो। पिएसभीले रेड स्टार बेलग्रेडलाई ३-२ ले तथा स्टुगार्टले स्लोभान ब्राटिस्लाभालाई ३-१ ले हराए।

चौथो स्थानमा रहेको एटलान्टाको १४ अङ्क छ भने आर्सनल, वायर लिभरकुसेन, इन्टर मिलन, अस्टन भिल्ला, ब्रिस्ट, मोनाको र लिलीको १३ अङ्क छ।

आर्सनल, इन्टर मिलान र ब्रिस्टले एक खेल कम खेलेका छन्। यसैगरी १२ अङ्क रहेका एसी मिलान र वायरन म्युनिखले पनि एक खेल कम खेलेका छन्।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : ५६ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट