कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा « Khabarhub

कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले तीन लाख चार हजार लागतमा ठेक्का प्रक्रियामार्फत शव चिस्यानयन्त्र खरिद गरी सेवा सञ्चालन गरेको हो ।

नगर क्षेत्रका विदेश वा देशका अन्यत्र क्षेत्रमा भएका व्यक्तिका आफन्तको मृत्यु भएमा घर फर्कँदासम्मका लागि शवलाई चिस्यान यन्त्रमा चार–पाँच दिनसम्म सुरक्षित राख्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ ।

यन्त्रको माग भएका क्षेत्रमा नगरपालिकाले निःशुल्क सेवा उपलब्ध गराउने नगरप्रमुख हेमराज ओझाले बताए ।

‘नगर क्षेत्रभित्र माग भएका ठाउँमा यन्त्र घरसम्म पुर्याउने र घरबाट नगरपालिका कार्यालयसम्म ल्याउन कर्मचारीलाई खटाउँछौँ’, नगरप्रमुख ओझोले भने, ‘यन्त्र प्रयोग गरेवापत र ल्याउँदा लैजाँदा कुनै शुल्क लिदैनौँ, सेवा पूर्ण रूपमा निःशुल्क हुन्छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ९ : ४२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित