दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचना परिवर्तन गर्ने « Khabarhub

दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचना परिवर्तन गर्ने


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाली अधिकारीहरूले जेजु एयर दुर्घटनापछि देशका केही विमानस्थलमा उडानको निगरानी र नियन्त्रणका लागि बनाइएका कङ्क्रिटका अवरोधहरूलाई परिवर्तन गर्ने बताएका छन् ।

गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिणपश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा नेभेगेसनका लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल वा अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको थियो । 

यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो । दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।   

दक्षिण कोरियाली र अमेरिकी अनुसन्धानकर्ताहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका क्रममा ध्यान धेरै सम्भावित कारणहरूमा केन्द्रित गरिएको छ । विमानहरूलाई उनीहरूको अवतरणमा नेभिगेट गर्न मद्दत गर्न प्रयोग गरिने ‘कङ्क्रीट अवरोध’ पनि दुर्घटनाका लागि जिम्मेवार ठहर गरिएको छ ।

भूमि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विशेष सुरक्षा निरीक्षणले देशभरका सातवटा विमानस्थलमा ‘लोकलाइजर’ कोसुधार आवश्यक रहेको देखाएको छ ।’

मन्त्रालयले लोकप्रिय पर्यटक आकर्षण र राजधानी सियोलको सेवा गर्ने इन्चोनपछि देशको दोस्रो सबैभन्दा ठूलो विमानस्थल मुआनकोेजु अन्तर्राष्ट्रिय विमानस्थलसहितका सात वटा विमानस्थलमा  ‘लोकलाईजर’ र अन्य संरचना सुधारका लागि आवश्यक रहेको भनी समावेश गरेको छ । 

यी संरचना सुधारका लागि जगहरू भूमिगत स्थानान्तरण गर्ने र तिनीहरूलाई हल्का इस्पातका संरचनाहरूसँग प्रतिस्थापन गर्ने” सुझाब दिइएको छ । 

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  २ : १७ बजे

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ।

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका