'नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ' | Khabarhub Khabarhub

‘नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ’


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताएका छन् । 

आज बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्दै हाशा जगाउने काम गरिरहेको बताए । शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधार गमा सरकार योजना बनाएर अघि बढिरहेको उनले उल्लेख गरे । 

स्वदेशमा सीप विकास, रोजगारीका अवसर सृजना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेको भन्दै अब देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको उपप्रधानमन्त्री सिंहले बताए । पछिल्लो समय सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुने गरेको भन्दै बाहिर हुने हल्लाको पछाडि नलाग्ने उनले आग्रह गरे ।

सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी बनाउनका लागि काम गरिरहेको भन्दै अबको शिक्षा दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुने मन्त्री सिंहले बताए। लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उनले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाए । 

मन्त्री सिंहले बागलुङ नगरपालिका–१३ मा पर्ने गणेशमान सिंह मार्ग समयमा निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । बागलुङ नगरपालिकाले जस्तै अन्य पालिका पनि चाँडै बालमैत्री बन्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ४ : २८ बजे

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

चितवन– पर्यटकीय याम प्रारम्भ हुनलागेसँगै सौराहाका पर्यटन व्यवसायी पूर्वतयारीमा जुटेका

बिपाशाको शारीरिक बनावटबारे दिएको कमेन्टपछि विवादमा अभिनेत्री मृणाल

काठमाडौं– बलिउड अभिनेत्री मृणाल ठाकुर पछिल्ला दिनमा सामाजिक सञ्जालमा ठूलो

गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु

तेल अभिभ- गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति अपार्टमेन्ट र

सिन्धुलीमा सवारी दुर्घटना : एक युवकको मृत्यु, एकको अवस्था गम्भीर

कमलामाई– कमलामाई नगरपालिका–९ नयाँबस्तीमा आज अपराह्‍न भएको सवारी दुर्घटनामा एक

हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजान्छौँ : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई परिष्कृत