नक्कली आमा बनेर चीनमा दुई वर्षमा एक करोड बढी ठगी « Khabarhub

नक्कली आमा बनेर चीनमा दुई वर्षमा एक करोड बढी ठगी


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – हिजोआज मानिसहरू ठगी गर्नका लागि जुनसुकै हदसम्म जान तयार छन् । भावनासँग खेलबाड गर्ने होस् वा सम्बन्धको महत्त्वलाई नष्ट गर्ने होस्, पैसाको लोभमा केही मानिसले सबै कुरा दाउमा लगाउँछन् ।

चीनबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ लाइभ स्ट्रिम गर्ने एक व्यक्तिले पहिले महिलालाई आमा बनाएर अनौठो तरिकाले ठगी गरेको खुलेको छ ।

चीनको सांघाईकी ७० वर्षीया महिला अनौठो ठगीको सिकार भएकी छिन् । ती महिला अविवाहित थिइन् र उनको आफ्नै कोही थिएन । सन् २०२२ मा उनकी भान्जीलाई थाहा भयो कि उनी लगातार अपरिचित व्यक्तिलाई पैसा हस्तान्तरण गरिरहेकी छिन् । उनले यसबारे सोध्दा निकै चकित पार्ने जानकारी बाहिर आयो ।

उत्तरपश्चिमी चीनको शान्सी प्रान्तका एक पुरुष झि लु वाङले ती महिलालाई आफूले मानिसहरूको समस्या समाधान गर्न, किसानहरूलाई सुस्त बिक्री हुने उत्पादनहरू बेच्न र हराएको मानिसहरूलाई आफ्नो घर फेला पार्न मद्दत गरेको बताए ।

उनको दयाले गर्दा उनीप्रति आकर्षित भएको महिलाले बताइन् । यी दुई बीच पहिलो पटक सन् २०२१ मा लाइभ स्ट्रिममार्फत कुराकानी शुरु भएको थियो र पछि फोनमा कुरा गर्न थालिएको थियो ।

ठगी गर्ने व्यक्तिले ती वृद्दालाई फोन गरेर महिलाको विश्वास जित्न थाले र आफ्नो छोरा भएको बहाना गरी दिनहुँ कुरा गर्ने गर्दथे । विस्तारै उसले ऋणमा पैसा लिन थाल्यो र पेटको क्यान्सर भएको बहाना बनायो ।

प्रेमिकालाई गर्भपतन आवश्यक छ र उनको बुबा गम्भीर बिरामी छन् भनी भनी निरन्तर पैसा मागिरह्यो । ती महिला उनको पासोमा फसिन र निरन्तर पैसा पठाउन थालिन् । यति मात्र होइन ती महिलाले पुरुषलाई सहयोग गर्न अरुसँग पैसा पनि लिएकी थिइन् ।

लामो समय पछि ती पुरुषमाथि शंका लागेपछि महिलाले प्रहरीमा उजुरी गरिन् । अनुसन्धानमा धेरै चकित पार्ने जानकारी बाहिर आएको छ । उक्त व्यक्तिले सामाजिक सञ्जालमा ४ वटा अकाउन्ट चलाउने र त्यसबाट मानिसलाई ठगी गर्ने गरेको पाइएको छ ।

प्रहरीले अभियुक्तलाई पक्राउ गरी दुई वर्षमा महिलालाई झण्डै १ करोड ५ लाख नेपाली रुपैयाँबराबर ठगी गरेको पुष्टि हुन आएको थियो । त्यसपछि उक्त व्यक्तिलाई साढे दश वर्षको जेल सजाय र एक लाख युआन जरिबाना गराइएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  २ : ५० बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि