लोकतन्त्रको विकल्प छैन : गृहमन्त्री  « Khabarhub

लोकतन्त्रको विकल्प छैन : गृहमन्त्री 


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन्। आज काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए । 

‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ, यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो, त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ’, उनले भने। 

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए। दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए। संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याए । 

कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता हुन् भन्दै उनले  राज्यका सबै अंगमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफू लागिपरेको बताए।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १ : ०९ बजे

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका