अनुदानमा चाफकटर पाएर बिर्तामोडका किसान हर्षित « Khabarhub

अनुदानमा चाफकटर पाएर बिर्तामोडका किसान हर्षित


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

झापा– बिर्तामोड नगरपालिकाले पशुपालक किसानलाई ९५ लाख मूल्य बराबरका तीन सय २५ चाफकटर मेसिन (घाँस काट्ने यन्त्र) वितरण गरेको छ ।

पालिकाले छनोटमा परेका किसानलाई ५० प्रतिशत अनुदानमा चाफकटर मेसिन वितरण गरेको हो । गाईबस्तुलाई खुवाइने घाँस थोरै समयमा धेरै टुक्राउन सकिने मोटर जडान गरिएको विद्युतीय चाफकटर पाएर स्थानीय किसान हर्षित भएका छन् ।

किसानलाई प्रविधिमैत्री बनाउँदै कृषिलाई आधुनिक र व्यावसायिक बनाउने सोचअनुसार साझेदारीमा मेसिनरी सामान दिइएको नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईंले बताए। उनका अनुसार कृषिको विकासलाई नगरपालिकाले बजेटमा उच्च प्राथमिकतामा राख्दै आएको छ । 

निर्वाहमुखी कृषिलाई व्यावसायिक उद्यममा रूपान्तरण गर्दै किसानलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको ठानेरै नगरपालिकाले पशुपालक किसानलाई चाफकटर मेसिन, चिलिङ भ्याट, दाना पिसाउने मेसिन, मिल्क क्यान, चल्ला ओथार्ने मेसिन, काउ म्याटलगायत सामग्री हरेक वर्ष वितरण गर्दै आएको बिर्तामोडका पशुपन्छी तथा मत्स्यविकास शाखाका प्रमुख डा नगेन्द्र खड्काले बताए।

उनका अनुसार एउटा चाफकटर मेसिनको मूल्य रु २९ हजार पाँच सय रहेको छ । किसानले मूल्यको ५० प्रतिशत साझेदारी गरेका छन् । 

उनले भने, ‘चाफकटर मेसिन २५ वटा भर्खरै वितरण गरेका छौँ । यसअघि तीन सय मेसिन वितरण गरेका थियौँ ।’

नगरपालिकाले साझेदारीमा दिएको मेसिनरी सामानको सदुपयोग भइरहेको कृषक लयप्रसाद रिजालले बताए।

 ‘नगरपालिकाले किसानलाई आधुनिक प्रविधि भित्र्याउन प्रोत्साहन र अनुदान दिइरहेको छ’, उनी भन्छन्, ‘सबै किसान साथीहरुले सहयोगको सदुपयोग गरेका छन्, मेसिनसँगै तालिम र सीप पनि किसानले पाउनुभएको छ ।’

नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर चाफकटर चाहिएका किसानबाट निवेदन मागेको थियो । मागभन्दा धेरै निवेदन पर्ने गरेका कारण स्थलगत अनुगमनपश्चात् अनुदान पाउन योग्य किसानको छनोट हुने गरेको पशुपन्छी तथा मत्स्यविकास शाखा प्रमुख डा खड्काले बताए।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १ : १९ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण