पूर्वराजालक्षित प्रचण्डको टिप्पणी : रछ्यानमा मिल्काइएकाहरू दिवास्वप्नमा छन्  « Khabarhub

पूर्वराजालक्षित प्रचण्डको टिप्पणी : रछ्यानमा मिल्काइएकाहरू दिवास्वप्नमा छन् 


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै रछ्यानमा मिल्काइएका तत्त्वहरूले आफूअनुकूल व्याख्या गर्न थालेको टिप्पणी गरेका छन् । 

माओवादी केन्द्रीय कार्यालयले शनिबार पेरिसडाँडामा आयोजना गरेको ‘स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण’को उद्घाटन गर्दै प्रचण्डले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको अभिव्यक्तिमा उक्त टिप्पणी गरेका हुन् ।  

पूर्वप्रधानमन्त्री प्रचण्डले दिन–प्रतिदिन कमजोर बन्दै गएको सरकारको प्रस्तुतिलाई  विभिन्न तत्वहरुले आफू अनुकूलबाट व्याख्या गर्ने प्रयास गरिरहेको पनि जिकिर गरे । इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरुले पनि आफूअनुकूल व्याख्या गर्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने बेला आएको बताए । 

‘सरकारको पर्फरमेन्स दिन–प्रतिदिन नराम्रो हुँदै गएको छ । जनतामा दिन–प्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ,’ प्रचण्डले भने, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आ–आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन् । अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा छन् ।’

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १ : ५२ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर