हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर « Khabarhub

हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चङ्खेली– हुम्लाको चङ्खेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

‘अध्यक्ष–उपाध्यक्ष भेटौँला, चङ्खेलीवासीका दुःख मेटौँला’ भन्ने नारा दिएर जिल्लाको मध्य क्षेत्रमा रहेको सो गाउँपालिकाले हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको स्वास्थ्य शाखा प्रमुख शुरवीर शाहीले बताए।

आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममार्फत हरेक दुई महिनामा जिल्ला स्वास्थ्य सेवा कार्यालयको समन्वयमा विशेषज्ञ चिकित्सक ल्याइ हरेक गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति पारित भएसँगै हरेक दुई महिनामा नियमित रूपमा शिविर सञ्चालन हुँदै आएको छ ।

गाउँपालिकाको निःशर्त बजेटमार्फत रु छ लाख विनियोजन गरी एक वर्षमा छ वटा शिविर सञ्चालन गर्ने कार्यपालिकाको निर्णयसँगै गाउँसभाले पारित गरेपश्चात् अहिलेसम्म दुई हजार जनाभन्दा बढीले यो सेवा लिएको र ३५ बिरामीलाई काठमाडौँको केएमसी अस्पतालमा ल्याइ उपचार गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक शाहीले बताए। 

उक्त शिविरमार्फत चिकित्सकको सिफारिसमा उनीहरूलाई गाउँपालिकाले ल्याउने र लैजाने भाडा उपलब्ध गराई काठमाडौँमा निःशुल्क उपचार गराएको हो । हरेक दुई महिनामा हुने उक्त निःशुल्क शिविरका लागि प्रतिशिविर रु ५० हजारका दरले खर्च हुन्छ ।

स्वास्थ्य सेवा कार्यालयको समन्वयमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई जिल्लाबाट ल्याउने र लैजाने भाडा तथा उनीहरूलाई खाना तथा बस्नका लागि गाउँपालिकाले व्यवस्था गर्ने र निःशुल्क औषधि वितरण गरी गाउँपालिकाका नागरिक कोही पनि औषधि नपाएर मर्नु नपरोस् भनी यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १ : ५८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।