‘पार्टीको मूल नेतृत्व विदेशी अनुदानप्राप्त संस्थाबाट अलग’ « Khabarhub

‘पार्टीको मूल नेतृत्व विदेशी अनुदानप्राप्त संस्थाबाट अलग’


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको मूल नेतृत्व विदेशी अनुदानप्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको प्रस्टीकरण दिएका छन् ।

पछिल्लो समय विभिन्न व्यक्ति र संघ–संस्थाहरू विदेशी अनुदानसँग जोडिएको चर्चा चलिरहेका बेला उनले यस्तो प्रष्टीकरण दिएका हुन् । 

महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘नेपालमा सञ्चालित गैरसरकारी संस्था अधिकांश नेकपा (एमाले)सँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकी तथ्य त्यो भन्दा निकै फरक छ ।’

उनले बालबालिकाको क्षेत्रमा काम गर्दै आएका मानव अधिकार अभियन्ता गौरी प्रधानले कतै प्रसंगवस भनेको सन्दर्भ स्मरण गर्दै लेखेका छन्, ‘उहाँले भन्नु भएको थियो– मानव अधिकार एलाइन्ससँग सम्बद्ध संस्थाहरूले विदेशबाट गैरसरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिशत हिस्सा पनि प्राप्त गर्दैनन् । तर पनि एलाइन्समा आवद्धहरू आँखाको तारो बन्ने गरेका छन् । किनकी उनीहरू पारदर्शी रुपमा समुदायमा काम गर्दछन् । तर ८५ प्रतिशतभन्दा बढी अनुदान प्राप्त गर्नेहरू खासै चर्चामा छैनन् । किनकी उनीहरू मध्ये अधिकांश बन्द कोठामा काम गर्दछन् । उनीहरू के गर्दछन् आम मानिसलाई थाहा पनि हुँदैन ।’

महासचिव पोखरेलले अन्तिम हरफमा लेखेका छन्, ‘मलाई लाग्दछ सत्य यस्तै होला । जहाँसम्म नेकपा (एमाले)को मूल नेतृत्वको कुरा छ– त्यो विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको छ ।’

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ५ : २३ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन