जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरपालिका-४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ रातोपुल बस्ने ६२ वर्षीया बिजया श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । 

उदयपुर, त्रियुगा नगरपालिका(१२ बस्ने ४५ वर्षीया बबिता चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बुद्धचोक बस्ने ३४ वर्षीय ठमान राई समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ८ सय २५ रुपैयाँ र १८ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ५ : ४९ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका