विवाह भोजमा गएका युवकको हत्या, ३ जनाविरुद्ध मुद्दा दर्ता  « Khabarhub

विवाह भोजमा गएका युवकको हत्या, ३ जनाविरुद्ध मुद्दा दर्ता 


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

धनगढी – विवाहको भोज खान गएका युवकको कुटपिटबाट मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । कुटपिटकै कारण ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानपछि आफन्तले कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन् । 

बुढीगंगा नगरपालिका–८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको कुटपिट पछि उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा ज्यान गएको हो । थापा बूढीगंगा नगरपालिका–९ का बासिन्दा हुन् । उनी छिमेकी वडाका आफन्तको छोराको बिहेमा भोज खान गएका थिए । 

थापामाथि कुटपिट गर्ने तीन जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनीहरू विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका–७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप गिरीले जानकारी दिए ।

उनका अनुसार खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो । भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा समातिएको थियो । उनीहरुले बुढीगंगा नगरपालिका–८ का सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेका थिए । कुटपिट पछि  थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरूबिच विवाद भएको थियो । मध्ये राती ११ बजेपछि आपसमा विवाद भएको र तीन जनाले एकोहोरो कुटपिट पछि थापा गम्भीर घाइते भएका थिए । विवादपूर्व कुनै दुष्मनी र आपसी रिस नभएको भएपनि मदिराकै तालमा आपसी इगो बढेपछि विवाद उत्पन्न भएको प्रत्यक्ष दर्शीले बताएका छन् । 

पक्राउ परेका मध्येका दीर्घ विष्टले ‘आफूलाई सबै केटाहरूले दाइ भन्नुपर्छ’ भनेको निहुँमा विवाद भएको थियो । सोही क्रममा थापामाथि कुटपिट भएको प्रहरीले बताएको छ । थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ६ : १८ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय