परराष्ट्रमन्त्री डा देउवा जेनेभा प्रस्थान « Khabarhub

परराष्ट्रमन्त्री डा देउवा जेनेभा प्रस्थान


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् ।

उनलाई आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए । यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा देउवाले यही १२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्नेकार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नेछिन्।

मन्त्री डा देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित छन्। उनी यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ६ : ३६ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा