केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा « Khabarhub

केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबारबाट काठमाडौंमा सुरु हुने तेश्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको छ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको हो । 

प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ । प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने राष्ट्रिय युवा संघका प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।

प्रतियोगितामा इटालीका विश्व चर्चित फुटबल खेलाडी जियानलुजी बुफनकोको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ६ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको