हारबाट जोगियो युनाइटेड « Khabarhub

हारबाट जोगियो युनाइटेड


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टनबीचको खेल बराबरीमा टुङ्गिएको छ । शनिबार साँझ सम्पन्न खेलमा युनाइटेड र एभर्टन २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा एभर्टनले सुरुवाती अग्रता लिएको थियो । १९ औ मिनेटमा बेटो र ३३ औं मिनेटमा अब्दुल डकुरेले एभर्टनका लागि गोल गरेका थिए । पहिलो हाफमा युनाइटेडले कुनै पनि गोल गर्न सकेनन् ।

युनाइटेडका लागि खेलको ७५ औं मिनेटमा ब्रुनो फर्नान्डेज र ८० औं मिनेटमा म्यानुअल उर्गाटेले गोल गर्दै बराबरीमा पुर्याएका हुन् ।

जारी लिगमा एभर्टन २५ खेलमा ३७ अंकसहित १२ औं स्थानमा छ । भने २६ खेल खेलेको युनाईटेड ३० अंकसहित १५ औं स्थानमा छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ९ : ०३ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा