कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता गिरी सम्मानित « Khabarhub

कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता गिरी सम्मानित


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा– कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता तथा संरक्षणकर्मी आर.के अदिप्त गिरी सम्मानित भएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा गिरीको निवास कुश्माबजारमै पुगेर शुक्रबार सम्मान गरेको हो ।

गिरीलाई कालीगण्डकी बचाऔँ अभियानमार्फत जनचेतना जगाउनुका साथै प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदा तथा वातावरण संरक्षणमा पुर्‍याएकाे उल्लेखनीय योगदानका लागि ‘वातावरण तथा सम्पदा संरक्षण सम्मान’ द्वारा सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले सम्मानपत्र प्रदान गरे भने अभियानका संयोजक रामबहादुर पौडेलले माला तथा नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले दोसल्ला ओढाएर सम्मान गरे ।

मुख्य न्यायाधिवक्ता शर्माले सभ्यताको जननी नदीलाई भावी पुस्तासम्म जस्ताको तस्तै संरक्षण गर्नुपर्नेमा जोड दिए ।

संरक्षणकर्मी गिरीले कालीगण्डकी नदी एकाध व्यक्तिको स्वार्थका लागि कब्जा भइरहेको आरोप लगाउँदै यसविरुद्ध आवाज उठाउनुपर्ने बताए । ‘जीवनको स्रोत नै नदी हो, यसलाई बचाउन सबैले सङ्कल्प गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ०६ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा