कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता गिरी सम्मानित « Khabarhub

कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता गिरी सम्मानित


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा– कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता तथा संरक्षणकर्मी आर.के अदिप्त गिरी सम्मानित भएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा गिरीको निवास कुश्माबजारमै पुगेर शुक्रबार सम्मान गरेको हो ।

गिरीलाई कालीगण्डकी बचाऔँ अभियानमार्फत जनचेतना जगाउनुका साथै प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदा तथा वातावरण संरक्षणमा पुर्‍याएकाे उल्लेखनीय योगदानका लागि ‘वातावरण तथा सम्पदा संरक्षण सम्मान’ द्वारा सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले सम्मानपत्र प्रदान गरे भने अभियानका संयोजक रामबहादुर पौडेलले माला तथा नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले दोसल्ला ओढाएर सम्मान गरे ।

मुख्य न्यायाधिवक्ता शर्माले सभ्यताको जननी नदीलाई भावी पुस्तासम्म जस्ताको तस्तै संरक्षण गर्नुपर्नेमा जोड दिए ।

संरक्षणकर्मी गिरीले कालीगण्डकी नदी एकाध व्यक्तिको स्वार्थका लागि कब्जा भइरहेको आरोप लगाउँदै यसविरुद्ध आवाज उठाउनुपर्ने बताए । ‘जीवनको स्रोत नै नदी हो, यसलाई बचाउन सबैले सङ्कल्प गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ०६ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा