पानीका स्रोत मासिएपछि उपत्यकावासीलाई जारको भर (तस्बिरहरू)  « Khabarhub

पानीका स्रोत मासिएपछि उपत्यकावासीलाई जारको भर (तस्बिरहरू) 


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्वभर विविध कार्यक्रम गरी पानी दिवस मनाइँदै छ । प्रत्येक वर्ष मार्च २२ का दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।

संयुक्त राष्ट्रसङ्घले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वर्द्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको भए तापनि काठमाडौं उपत्यकाका परम्परागत ढुङ्गेधारा र अन्य विभिन्न पानीका स्रोतहरू मासिँदै र सुक्दै गएका छन्, जसका कारण उपत्यकावासीलाई  पानीका लागि ट्याङ्कर र जारको भर पर्नु परेको छ ।

काठमाडौंमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण गर्दै आइरहेको छ । काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानी आवश्यक पर्ने भए पनि दैनिक १६ करोड लिटरमात्र केयूकेएल आपूर्ति गर्दै आएको छ । केयूकेएलले आपूर्ति गर्न नसकेको पानी ट्याङ्कर, जार, बोतल, इनार, बोरिङ लगायत स्रोतबाट आपूर्ति हुन्छ ।

उपत्यकामा पिउने पानीको आपूर्ति सबैभन्दा बढी जारले ओगटेको छ । नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसनको अनुमानमा काठमाडौं उपत्यकामा दैनिक डेढदेखि दुई लाख वटा पानीको जार बिक्री हुन्छ ।

दैनिक रुपमा प्रयोग गरिने पानीका प्लास्टिकका जार र बोतलहरू मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार एक लिटर बोतलको पानीमा औसत २ लाख ४० हजार प्लास्टिकको टुक्रा रहने बताएको छ ।

उपभोक्ताले कस्ता खाद्य वस्तु उपभोग गरेका छन्, ती वस्तुहरू स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छन् भन्ने कुराको अनुगमन र अनुसन्धान गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै लगभग ६ महिनादेखि जार र पानीको बोतलहरू अनुगमन नगरेको अवस्था छ । जसका कारण उपभोक्ताहरू मिति गुज्रिएको जार, पानीका बोतलबाट दैनिक पानीको आपूर्ति गर्न बाध्य छन् ।

स्वास्थ्यका लागि हानिकारक मानिएका जार, प्लास्टिकका बोतल सिंहदरबारका हरेक मन्त्रालय र मन्त्रालयका टेबल टेबलमा देखिन्छ । तर पनि यसको सही अनुगमन र अनुसन्धान भने गरिएको छैन ।

पानीका परम्परागत ढुङ्गेधारा (हिति) हरू मासिँदै छन् भने यस्ता हानिकारक जार र प्लास्टिक बोतलले त्यसको स्थान लिएको देखिन्छ ।

काठमाडौं महानगरपालिकाको सामाजिक विकास शाखा मार्फत अलान फाउन्डेसनले गरेको एक अध्ययनको प्रतिवेदन अनुसार महानगरभित्र १५४ वटा ढुंगेधारा तथा हिति रहेको र  जसमध्ये ६१ वटा पानी आउने ढुंगेधारा, ५० वटा पानी नआउने, १० वटा संकटमा परेर लोप हुन लागेको अवस्था, २१ वटा हराएका र फेला नपरेका १२ वटा हिति तथा ढुंगेधारा छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : २२ बजे

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई