संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरुरी : सभामुख « Khabarhub

संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरुरी : सभामुख


८ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल विषयक छलफल कार्यक्रममा सभामुख घिमिरेले संघीयताको मर्म अनुसार तीनै तहलाई क्रियाशील बनाउदै समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने जरुरी रहेको बताएका हुन् ।

उनले योजना तर्जुमा र बजेट वितरण संघमा सीमित रहनु संघीयताको मर्म नभएको उल्लेख गरे । संरचनात्मक व्यवस्थापन मात्र ध्यान नदिई नीति निर्माण, स्रोत परिचालन र जवाफदेहीताको संयोजनका साथ संघीयता सुदृढ बनाउनुपर्ने उनले बताए ।

सभामुख घिमिरेले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि प्रदेश तथा स्थानीय तहहरू शासन प्रणालीका मेरुदण्ड हुन् भन्ने कुरामा कुनै प्रश्न नरहेको जिकिर गरे ।  

उनले संघीयताका सवलीकरणका लागि नीतिगत क्षेत्रमा धेरै काम भएपनि कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको धारणा राखे ।

उनले निजामती सेवा ऐनको अभावले संघीयता कमजोर बनाएको गुनासो आएको भन्दै यसमा आफ्नो ध्यान गएको बताए । संसद्‌मा छलफलको क्रममा रहेको निजामतीसँगै प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक शिघ्र टुङ्गाउने प्रयासमा रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  २ : ३९ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित