प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन « Khabarhub

प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन


८ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा नहुने दाबी गरेका छन् । 

‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ जिल्ला समन्वय समिति चितवनले शनिबार आयोजना गरेको जागरण सभा सम्बोधनका क्रममा उनले बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिने बताए ।  

‘हजारौंको बलिदानबाट प्राप्त भएको उपलब्धि कुनै पनि हालतमा गुम्न दिने छैनौँ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘हामी जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुने छैन । बरु तिनलाई हामी सम्पूर्ण रूपले परास्त गर्नेछौँ ।’

उनले संविधानमा धेरै राम्रा कुराहरू परे पनि पूर्ण नभएका कारण संशोधन गरिनुपर्ने पनि बताए ।

‘हाम्रो जीवनकालमा यो संविधानलाई परिमार्जन गर्नुछ । यो संविधानमा केही धेरै राम्रा कुरा परेका छन् । सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, समुदायको निम्ति तर, ती पूरा छैनन्,’ प्रचण्डले भने, ‘पर्याप्त छैनन् । हामी अझै अरु उपलब्धिको निम्ति अगाडि जानु छ ।’ 

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय व्यवस्था नभएसम्म मुलुकमा राजनीतिक स्थिरिता र विकासले गति लिन नसक्ने पनि जिकिर गरे ।

‘यो संविधानलाई उपयुक्त हुने शासकीय स्वरुप भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हो,’ प्रचण्डले भने, ‘जबसम्म यो देश त्यहाँ पुग्दैन, तबसम्म राजनीतिक स्थिरिता र विकासले गति लिन सक्दैन ।’

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ३ : ३९ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित