गुणस्तरीय चलचित्र निर्माण गरे ‘विदेशी चले हाम्रो चलेनन्’ भन्ने दिन रहँदैन : मन्त्री पाण्डे  « Khabarhub

गुणस्तरीय चलचित्र निर्माण गरे ‘विदेशी चले हाम्रो चलेनन्’ भन्ने दिन रहँदैन : मन्त्री पाण्डे 


८ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सकेको अवस्थामा विदेशीभन्दा र स्वदेशी चलचित्र चल्ने बताएका छन् । 

आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मन्त्री पाण्डेले चलचित्र भौतिक र अभौतिक सुन्दरता बोक्ने बताउँदै चलचित्र उद्योग त्यसतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । 

‘चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होइन, एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक, कलाकारसहित समग्र मुलुकले फाइदा लिन सक्छ,’ उनले भने, ‘आशाको सञ्चार गर्नका निम्ति पनि चलचित्र प्रभावकारी माध्यम बन्न सक्छ ।’ 

मन्त्री पाण्डेले विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका धरोहरहरू समेटेर चलचित्र उद्योगीहरू अघि बढे नेपालले पर्यटन क्षेत्रमा लाभ लिन सक्ने बताए । उनले चलचित्रकर्मीहरूले साँघुरो मानसिकताभन्दा माथि उठेर विश्वव्यापिकरणको रूपमा सोच राख्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ४ : ४३ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित