कृषि उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन : मन्त्री अधिकारी  « Khabarhub

कृषि उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन : मन्त्री अधिकारी 


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाएका छन् । 

ललितपुरमा शनिबार आयोजित नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दे मन्त्री अधिकारीले यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाएका हुन् । 

‘एकातिर कृषिलाई यान्त्रीकरण गर्दे जानु पर्ने आवश्यकता छ, अर्को तर्फ यस्ता उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन,’ मन्त्री अधिकारीले भने, ‘५० हजारमा किनेको मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्न परिरहेको छ । यो अवस्थाको अन्त्य हुनुपर्छ ।’  

कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले अब यस्ता यन्त्र र उपकरण स्वदेशमै बनाउन पहल गर्न आग्रह गरे । 

उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकार अघि बढेको मन्त्री अधिकारी बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ४ : ५५ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित