नेपाल-चीन सम्बन्धको ७० वर्ष पूरा- पोखरा सभागृह पुनर्निर्माणमा सघाउने प्रतिबद्धता « Khabarhub

नेपाल-चीन सम्बन्धको ७० वर्ष पूरा- पोखरा सभागृह पुनर्निर्माणमा सघाउने प्रतिबद्धता


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोखरा– चिनियाँ दूतावासका प्रतिनिधि वाङ सिनले पोखरा सभागृह पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएका छन् । हालै पोखरामा आयोजित सांस्कृतिक कार्यक्रममा उनले उक्त प्रतिवद्धता जनाएका हुन् । चिनिँया सहयोगमा २०४२ सालमा निर्माण भएको पोखरा सभागृह अहिले जीर्ण छ । 

पोखरा महानगरपालिकाले पुनर्निर्माणका लागि डीपीआर तयार पारे पनि बजेटको अभावमा बनाउन सकिरहेको छैन । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले कार्यक्रममा सहभागी चिनियाँ दूतावासका डिसियम वाङ सिनलाई सुनाएकी थिइन् । सिनले पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएको पोखरा महानगरपालिकाकी उपमेयर गुरुङले बताइन् । 

पोखरेलीको लगानीमा चिनिँया ठेकेदारले पोखरा सभागृह निर्माण गरेको पोखरेली उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताए । चीनको वाटर इन्जिनियरिङ कर्पोरेसनले सभागृह निर्माणको काम पाएको उनले सुनाए । त्यतिबेला पोखरेलीले पैसा जोहो गरेर र सभागृह निर्माणकै लागि छुट्टै करसमेत उठाएर रकम जम्मा गरेको उनले बताए । 

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा पोखरामा चिनियाँ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । पोखरा सभागृहमा चिनियाँ कलाकारले आफ्नो मौलिक गीत र नृत्यसहितको प्रस्तुति दिएका छन् । चिनियाँ कलाकारको टोली मंगलबार चीनको छेन्दुबाट सिचुवान एयरलाइन्समा सोझै पोखरा आएका थिए । चिनियाँ सांस्कृतिक कार्यक्रममा चिनियाँ र नेपाली कलाकारले आआफ्नो देशको संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

सांस्कृतिक कार्यक्रम सुरु हुनुअघि गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरा–छेन्दु सिधा हवाई सेवा सुरु भएकोमा खुसी व्यक्त गर्दै यसबाट गण्डकी प्रदेश र नेपालकै पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । 

चीन सरकारले यस वर्ष सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रूपमा तय गरेकोमा खुसी व्यक्त गर्दै चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरे । कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूतावासका डिसियम वाङ सिनले चीन नेपाल ७० वर्ष पुगेको यस अवसरमा नियमित व्यावसायिक चार्टर्ड उडान सुरु भएकोमा खुसी व्यक्त गरे ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ६ : २७ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित