धनुषा प्रहरीद्वारा चार सय ७७ केजी गाँजासहित एकजना पक्राउ | Khabarhub Khabarhub

धनुषा प्रहरीद्वारा चार सय ७७ केजी गाँजासहित एकजना पक्राउ


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– जिल्ला प्रहरी कार्यालयले चार सय ७७ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयका अनुसार जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित लक्ष्मीनिया चोकमा प्रहरीले उक्त परिमाणको गाँजासहित मिनिट्रक र चालकलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मधेस प्रदेश ०३–००२ ख २५२० नम्बरको मिनिट्रक जाँच गर्दा ३४ वटा प्लास्टिकले बेरिएका पोकामा लुकाएर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए ।

आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बरामद गरिएको गाँजा, मिनिट्रक र पक्राउ परेका चालक मकवानपुर पालुङ नगरपालिका–२ फाँटबजार बस्ने २४ वर्षीय सञ्जीव सिन्तानलाई सार्वजनिक गरिएको उनले जानकारी दिए । सिन्तानलाई जिल्ला प्रहरी कार्यालयमा राखेर यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

यसैगरी, धनुषाको मुसहर्निया गाउँपालिका–६ बैरिया टोल बस्ने भजु यादवको गोठमा भन्सार छली, तस्करी गरी लुकाएर राखिएको रु १९ लाख ६२ हजार पाँच सय मूल्य बराबरको जुत्ता, मोबाइलको टेम्पल ग्लास, एयरफोन र चार्जर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जनकपुरधाम उपमहानगरपालिका–४ कदम चोकबाट शिवम् साहको डेराबाट रु नौ लाख ८० हजार एक सय २० सहित विभिन्न बैंक खाताको चेकबुक २४ थान, विभिन्न बैंकमा  नगद जम्मा गरेको बैंक भौचर ८० थान, सात थान मोबाइल, मोटरसाइकल एक थानसहित अन्य सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तिवारीले जानकारी दिए।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय रवी साह र जनकनन्दिनी गाउँपालिका–२ बस्ने २२ वर्षीय अब्दुलकवारी शेखसँग रु नौ लाख नगद, दुई थान मोबाइल र एक थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : ०१ बजे

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौं – अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार

जेन-जी आपसी विवादमा अल्झिँदा सडकमा दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वपलाई लिएर विवाद बढ्न थालेपछि