लोकतन्त्रमार्फत नै देशको विकास चाँडो गर्न सकिन्छ : ज्ञानेन्द्र कार्की « Khabarhub

लोकतन्त्रमार्फत नै देशको विकास चाँडो गर्न सकिन्छ : ज्ञानेन्द्र कार्की


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा भविष्य छैन भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको तर्क गरेका छन् ।

नेपाली कांग्रेस काभ्रे–काठमाडौं उपत्यका सम्पर्क समिति विस्तार गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका केन्द्रीय सदस्य कार्कीले लोकतन्त्रमार्फत नै देशको विकास चाँडो गर्न सकिने बताए । 

नीतिगत स्थायित्व र विकासको लागि अहिलेको सरकार बनेको तर्क समेत गरे । सञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको तर्क गर्दै उनले गाउँ विकास भएपनि मानिसहरु नरहेको संकेत गर्दै गाउँमा नै टिकाउन योजना ल्याउनुपर्ने बताए ।

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नेपाली कांग्रेस काभ्रे सांगठनिक रुपमा बलियो रहेको भन्दै पार्टी भित्र आन्तरिक एकता कायम गर्दै आम कार्यकर्ता र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए । कांग्रेस कार्यकर्ताको समस्या र पार्टीभित्रको समस्याको डटेर समाना गर्नुपर्ने भन्दै त्यसैले नेतृत्व र पार्टी सफल हुने बताए । काङ्ग्रेसको नेतृत्वमा संविधान लेखिएको भन्दै उनले सामन्तवादको अवशेष सल्बलाउन खोजे त्यसको प्रतिवाद गरिने बताए ।

नेपाली कांग्रेस काभ्रेका अग्रज नेता इन्द्रमणि अधिकारी कांग्रेस विचार, प्राण भएको पार्टी भएको भन्दै राजा, राणा लाग्दा पनि कसैले अन्त्य गर्न नसकेको बताए । कांग्रेसभित्र बसेर कांग्रेसको जग लडाउने अधिकार कसैलाई नभएको भन्दै उनले पार्टीको मान्छे बन्न, नेताको मान्छे नबन्न सबैमा अनुरोध गरे ।

नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश प्रसाद हुमागाई, सचिव माधव ढकाल, गुणराज मोक्तान, कोषाध्यक्ष जगन्नाथ गिरी, प्रवक्ता सन्तमान लामा, नेपाली कांग्रेस बाग्मती प्रदेश समितिका सदस्य गुमानसिं लामा, प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नेपाली कांग्रेसका नेता शंखबुद्ध लामा, महासमिति सदस्य सार्कीमान लामा, महासमिति सदस्य एवं भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा), जिल्ला सदस्य एवं धुलिखेल नगर उपप्रमुख निराजन जंगम, जिल्ला सदस्य एवं जिल्ला समन्वय समिति काभ्रेका प्रवक्ता अप्सरा ढुंगाना, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का सभापति चन्द्रबहादुर लामा, प्रदेश सभा क्षेत्र नम्बर १ (क) का सभापति राम योन्जन, प्रदेश सभा क्षेत्र नम्बर २ (क) का सभापति हेमकुमार तामाङ, नमोबुद्द नगर सभापति एवं नगर प्रमुख कुन्साङ लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मिरा कटुवाल, काभ्रेका सभापति अञ्जनराज खतिवडा, काभ्रे क्षेत्र नम्बर १ (क)–काठमाडौ उपत्यका सम्पर्क समितिका सभापति राजेन्द्र बहादुर तामाङ लगायतले काभ्रेमा जन्मिएर उपत्यकालाई कार्यथलो बनाएकाहरुको सुखदुखमा समितिले काम गर्नुपर्ने र यसले संगठन निर्माणमा पनि सहयोग पुग्ने तर्क गरेका थिए ।

नेपाली कांग्रेस काभ्रे–काठमाडौ उपत्यका सम्पर्क समितिका सभापति बद्रीराज तिमल्सिनाले कांग्रेसको संगठन वृद्धिको लागि समितीले रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाए । उपत्यकामा रहेर विभिन्न पेशा, व्यवसायमा रहेका सबैलाई समेट्दै गोलवद्द गर्न सामुहिक रुपमा लाग्ने पनि वताए ।

बामपन्थी विचार धारा बोकेर नेकपा एमालेमा रहँदै आएका धुलिखेल नगरपालिका वडा नं १२ का इञ्जिनियर मेघसुधार श्रेष्ठ र आशिष श्रेष्ठले नेपाली कांग्रेसको सदस्यता ग्रहण गरेका थिए । पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जिल्ला सभापति तीर्थ लामा लगायतले उनीहरूलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : ११ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित