प्रजातन्त्र आएपछि देशले ठुलो फड्को मारेको छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

प्रजातन्त्र आएपछि देशले ठुलो फड्को मारेको छ : उपप्रधानमन्त्री सिंह


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निरङ्कुश शासन व्यवस्थाबाट प्रजातन्त्रमा प्रवेश गरेपछि देशले ठुलो फड्को मारेको बताएका छन्। 

शनिबार २५ औँ ‘ह्वाइटहाउस एजुकेसन फाउन्डेसन डे’ का अवसरमा आयोजित कार्यक्रममा उनले देशले पूर्वाधार विकाससँगै शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताए। उनले समाज परिवर्तनमा शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको पनि बताए । 

‘नेपालमै राम्रो शैक्षिक संस्था बनिसकेको छ । तानाशाही शासनप्रणालीबाट भएको राजनीतिक परिवर्तन सँगै प्रजातन्त्र आएपछि देशले ठुलो फड्को मारेको छ, उपप्रधानमन्त्री सिंहले भने, हामीले पढ्ने बेला र अहिलेको शैक्षिक अवस्थामा परिवर्तन आएको छ । सकारात्मक सोच राखेर अघि बढ्दा राम्रो हुन्छ । हामीसँग भएका संस्थाबाट समाज रूपान्तरण गर्न भरपूर प्रयास गर्नुपर्छ ।’

उनले निराशाको भाष्य बनाउनेभन्दा प्राप्त अवसरको सदुपयोग गर्नु सबैका लागि राम्रो हुने पनि बताए। देशको आर्थिक विकास र समृद्धि नै अबको प्राथमिकता रहेको भन्दै त्यसका लागि सरकारसँगै सबै क्षेत्रबाट सकारात्मक पहलको आवश्यकता रहेको सिंहको भनाई थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : १४ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित