५२ जिल्लामा निवारण फाउण्डेसनले स्वास्थ्य शिविर सञ्चालन गर्ने « Khabarhub

५२ जिल्लामा निवारण फाउण्डेसनले स्वास्थ्य शिविर सञ्चालन गर्ने


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाफारहित सामाजिक संस्था निवारण फाउण्डेसनले नेपालमा स्वास्थ्य सेवा, प्रविधिमैत्री शिक्षा, बाल संरक्षण, वातावरणीय सन्तुलन तथा आर्थिक सशक्तिकरणका विभिन्न परियोजनाहरू सञ्चालन गर्ने घोषणा गरेको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध यस संस्थाले पाँच प्रमुख परियोजनाहरू—सञ्जीवनी, विद्या, नर्चर, टेरा र युनिटी मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ।

सञ्जीवनी परियोजनाअन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित २०२५ देखि २०३२ सम्म विभिन्न चरणमा कार्यक्रम सञ्चालन गरिनेछ। पहिलो चरणमा ५२ जिल्लाका २७५ गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरी ४,५०,००० नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने लक्ष्य राखिएको छ। यस अभियान अन्तर्गत आँखाको उपचार, नाक,कान,घाँटी सेवा, दन्त सेवा तथा सामान्य स्वास्थ्य जाँच प्रदान गरिनेछ।

विद्या परियोजनाले प्रविधिमैत्री शिक्षालाई प्रवर्द्धन गर्न १०० डिजिटल सिकाइ केन्द्र स्थापना गर्ने, स्मार्ट कक्षाकोठा सञ्चालन गर्ने तथा शिक्षकहरूलाई तालिम प्रदान गर्ने लक्ष्य राखेको छ। बाल कल्याणलाई प्राथमिकता दिने नर्चर परियोजनाले २०० पोषण केन्द्र स्थापना गर्दै बाल संरक्षण तथा मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्नेछ।

वातावरणीय सुधारका लागि टेरा परियोजना (२०२९–२०३३) अन्तर्गत वन संरक्षण, फोहर व्यवस्थापन तथा हरियाली प्रवर्द्धन जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ। यस्तै, युनिटी परियोजना (२०३०–२०३६ ) ले समुदाय सशक्तिकरण, नवप्रवर्तन तथा पूर्वाधार विकास गर्दै ग्रामीण भेगमा दिगो आर्थिक प्रणाली निर्माण गर्नेछ।

यी परियोजनाहरू सफल बनाउन निवारण फाउण्डेसनले सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरी आर्थिक, सेवा तथा वस्तु साझेदारी मोडेल अपनाउने जनाएको छ। पहिलो चरणमा २०२५ मे १५ (जेष्ठ १, २०८२) बाट बाजुरा जिल्लाका गाउँपालिकाहरू हुँदै अन्य जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

फाउण्डेसनले नेपालका ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका लागि दीर्घकालीन परिवर्तन ल्याउने लक्ष्य लिएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ३१ बजे

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र