५२ जिल्लामा निवारण फाउण्डेसनले स्वास्थ्य शिविर सञ्चालन गर्ने | Khabarhub Khabarhub

५२ जिल्लामा निवारण फाउण्डेसनले स्वास्थ्य शिविर सञ्चालन गर्ने


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाफारहित सामाजिक संस्था निवारण फाउण्डेसनले नेपालमा स्वास्थ्य सेवा, प्रविधिमैत्री शिक्षा, बाल संरक्षण, वातावरणीय सन्तुलन तथा आर्थिक सशक्तिकरणका विभिन्न परियोजनाहरू सञ्चालन गर्ने घोषणा गरेको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध यस संस्थाले पाँच प्रमुख परियोजनाहरू—सञ्जीवनी, विद्या, नर्चर, टेरा र युनिटी मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ।

सञ्जीवनी परियोजनाअन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित २०२५ देखि २०३२ सम्म विभिन्न चरणमा कार्यक्रम सञ्चालन गरिनेछ। पहिलो चरणमा ५२ जिल्लाका २७५ गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरी ४,५०,००० नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने लक्ष्य राखिएको छ। यस अभियान अन्तर्गत आँखाको उपचार, नाक,कान,घाँटी सेवा, दन्त सेवा तथा सामान्य स्वास्थ्य जाँच प्रदान गरिनेछ।

विद्या परियोजनाले प्रविधिमैत्री शिक्षालाई प्रवर्द्धन गर्न १०० डिजिटल सिकाइ केन्द्र स्थापना गर्ने, स्मार्ट कक्षाकोठा सञ्चालन गर्ने तथा शिक्षकहरूलाई तालिम प्रदान गर्ने लक्ष्य राखेको छ। बाल कल्याणलाई प्राथमिकता दिने नर्चर परियोजनाले २०० पोषण केन्द्र स्थापना गर्दै बाल संरक्षण तथा मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्नेछ।

वातावरणीय सुधारका लागि टेरा परियोजना (२०२९–२०३३) अन्तर्गत वन संरक्षण, फोहर व्यवस्थापन तथा हरियाली प्रवर्द्धन जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ। यस्तै, युनिटी परियोजना (२०३०–२०३६ ) ले समुदाय सशक्तिकरण, नवप्रवर्तन तथा पूर्वाधार विकास गर्दै ग्रामीण भेगमा दिगो आर्थिक प्रणाली निर्माण गर्नेछ।

यी परियोजनाहरू सफल बनाउन निवारण फाउण्डेसनले सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरी आर्थिक, सेवा तथा वस्तु साझेदारी मोडेल अपनाउने जनाएको छ। पहिलो चरणमा २०२५ मे १५ (जेष्ठ १, २०८२) बाट बाजुरा जिल्लाका गाउँपालिकाहरू हुँदै अन्य जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

फाउण्डेसनले नेपालका ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका लागि दीर्घकालीन परिवर्तन ल्याउने लक्ष्य लिएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ३१ बजे

विद्युतीय सामग्रीको व्यापार घट्यो

चितवन– नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने

माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत

बालेनसामु वडाध्यक्षले भने, ‘सिंहदरबार जल्दा रमिते बन्यौँ, पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरले लिनुपर्छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा सिंहदरबार जलेको विषय

एमाले बैठकमा ठाकुर गैरेले भने- यही बैठकबाट नेतृत्व हस्तान्तरण गरेर जाऊँ

काठमाडौं– पूर्व सांसद तथा केन्द्रीय सदस्य ठाकुर गैरेले एमालेको बैठकमा

मनै लोभ्याउने अस्ट्रेलियन बेस क्याम्प (तस्बिरहरू)

काठमाडौं– कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अस्ट्रेलियन बेस क्याम्प छोटो