सङ्घीयतालाई सुदृढ बनाउन जरुरी छ : नारायणकाजी श्रेष्ठ « Khabarhub

सङ्घीयतालाई सुदृढ बनाउन जरुरी छ : नारायणकाजी श्रेष्ठ


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बागलुङ – पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई सुदृढ बनाउन जरूरी रहेको बताएका छन् ।

बागलुङ नगरपालिकामा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले सङ्घीयताविरुद्ध विभिन्न गतिविधि भइरहेका भन्दै तिनलाई परास्त गर्न थप सुदृढीकरणका काम गर्न आवश्यक रहेको बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनताको नजिक रहेको स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । संविधानले स्थानीय तहलाई बलियो बनाउने व्यवस्था गरेको भन्दै उनले जनताका आधारभूत आवश्यक पूरा गर्न गम्भीर भएर लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “सङ्घीय व्यवस्थालाई थप सबल र सरल बनाउनुपर्छ । तीनै तहका सरकारलाई बलियो र मजबुत बनायौँ भने मात्रै नागरिकले सङ्घीयताको अनुभूति गर्न सक्छन् । यसमा केन्द्र सरकारले आवश्यक सहयोग र सहजीकरढा गर्नुपर्छ । स्थानीय तहलाई थप बलियो बनाउन समानुपाति ढङ्गले बजेट व्यवस्थापन तथा वितरणमा ध्यान दिनुपर्छ ।”

सरकारले सङ्घीयताको आभास हुने गरी सेवा प्रवाहलाई प्रभावकारी गराउनु पर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : १३ बजे

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड