परिवर्तन पक्षधर एकताबद्ध हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल | Khabarhub Khabarhub

परिवर्तन पक्षधर एकताबद्ध हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले परिवर्तनकारी दलका नेताहरूले गरेका कमजोरीका कारण प्रतिगमनकारी सक्रिय हुनथालेका बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनलगायत संस्थाले सौर्य एयरलाइन्स दुर्घटनाका मृतकको स्मृतिमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा सुशासन, रोजगारी सिर्जना र सामाजिक तथा आर्थिक रूपान्तरण हुन नसकेकाले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिमाथि प्रतिगामी समूहले प्रश्न उठाएको बताए ।

पूर्वप्रधानमन्त्री खनालले प्रतिगमनलाई रोक्न देश विकासलाई गति दिन परिवर्तन पक्षधर एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले सामाजिक न्याय, समानता र औद्योगीकरणका माध्यमबाट जनजीविका र सामाजिक रूपान्तरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई पार्टीको महाधिवेशनले अनुमोदन गरेको भए पनि त्यसलाई कार्यान्वयन नगरिएकामा चिन्ता व्यक्त गर्दै सम्मानित नेता खनालले अब वैज्ञानिक समाजवादसम्बन्धी आवश्यक नीति तथा कार्यक्रम अविलम्ब जनतासमक्ष पुर्याउन भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को गलत सूचना र निर्णयले हवाई दुर्घटना हुने गरेको बताउँदै उनले सौर्य विमान दुर्घटनाको छानविन गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १० : ५६ बजे

देउवा दम्पती पुगे विमानस्थल, सिंगापुरका लागि उड्नेछन् पौने ११ बजे

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता

जकार्ता – इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते

सोलुखुम्बु- सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक घाइते

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको