म्याग्दीको अर्मनमा ‘एक घर, एक धारा’ « Khabarhub

म्याग्दीको अर्मनमा ‘एक घर, एक धारा’


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मङ्गला गाउँपालिका–५ (साविक अर्मन गाविस)मा पाँचवटा खानेपानी आयोजना सञ्चालन भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), कादुरी संस्था, मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानसहित दुई करोड ८४ लाख ६४ हजार १२२ को लागतमा निर्माण हुन लागेका आयोजनाबाट तीन सय ६५ घरपरिवार लाभान्वित हुनेछन् ।

मङ्गला– ५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले नेवा, गाउँपालिका र उपभोक्ताको एक करोड ७९ लाख ६४ हजार १२२ को लागतमा निर्माण भइरहेका चार आयोजनाबाट दुई सय ७१ धारा र कादुरी संस्थाको एक करोड पाँच लाखको लागतमा निर्माण हुने एक योजनाबाट ९० धारामार्फत खानेपानी वितरण गरिने जानकारी दिए ।

नेवामार्फत ४८ लाख २२ हजार ४७ को लागतमा निर्माण हुने पाखु–कुरसिम्ला खानेपानी योजनाबाट ८४ धारा, २९ लाख ९२ हजार ७३९ लागत रहेको दिही–कुमलेरा खानेपानी योजनाबाट ३५ धारा, ६४ लाख ६२ हजार ९१२ लागत रहेको सिरकुम खानेपानी योजनाबाट ९० धारा र ३६ लाख ८६ हजार ८७० रुपैयाँको लागत रहेको अर्मन खानेपानी योजनाबाट ६३ धारा निर्माण हुने वडाध्यक्ष खत्रीले बताए ।

कादुरी संस्थामार्फत एक करोड पाँच लाखको लागतमा निर्माण हुने टिकावाङ खानेपानी योजनाबाट ९० धारा बनाइने भएको छ ।

नेवामार्फत कार्यान्वयन हुने योजनामा कुल लागतको ४९ प्रतिशत नेवा, २५ प्रतिशत गाउँपालिकाको अनुदान र २६ प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ । घरघरमा खानेपानी धाराका साथै भाँडा धोएपछि सुकाउने पक्की चाङ पनि बनाइनेछ ।

करिब एक हजार घरपरिवारको बसोबास रहेको साविक अर्मन गाविसको किमचौर र नेटामा गत वर्ष कादुरीमार्फत ‘एक घर, एक धारा’सहितको खानेपानी योजना निर्माण भएको थियो । पोक, छिसवाङ, सेरा, पिपलबोट, हाडेभिर क्षेत्रमा यसअघि पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानेपानी योजना निर्माण भएको थियो ।

मङ्गला–५ पोकका बासिन्दा भरत सापकोटाले हाल सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएकोमा घरमा नै निजी धारा भएपछि समयको बचत, सहज र सुविधा हुने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १२ : ०९ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका