नारायणकाजीको प्रस्ताव- प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गरौँ « Khabarhub

नारायणकाजीको प्रस्ताव- प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गरौँ


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गर्नुपर्ने बताएका छन् ।  

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार विषयक बिचार गोष्ठीमा बोल्दै श्रेष्ठले यथास्थितीवादकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताएका हुन् । 

यथास्थितीवाद सत्ता लोलुपता, भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको उनले बताए । श्रेष्ठले सरकार यथास्थितीवादको मुख्य बाहकको रूपमा रहेकाले त्यसका विरुद्ध पनि सङ्घर्ष गरेर मात्रै प्रतिगमनविरुद्धको लडाइँलाई सफल पार्न सकिने तर्क गरे ।

त्यस्तै उनले कम्युनिस्ट पार्टीहरूसँग एकता र ध्रुवीकरण प्रक्रिया अघि बढाउँदै वामपन्थी पार्टीहरूको वामपन्थीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए ।  

उनले संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । सडक, सदन र सरकारको मोर्चालाई संयोजन गरी शान्तिपूर्णबाटोबाट समाजवाद उन्मुख समृद्धिलाई मूल कार्यदिशा बनाउनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : १३ बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’