घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन् « Khabarhub

घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसालले देश डुबाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम चाहिएको बताएका छन् ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विषम परिस्थितिमा पुग्दा पनि पर्वाह नगरी प्रधानमन्त्री ओलीले उल्टै आफ्नो पक्षमा बोलिदिउन् भनेर युवाहरूलाई सडकमा उतार्न लागेको बताएका छन् ।

उनले अहिले एमाले पनि प्रधानमन्त्री ओलीजस्तै बनिसकेको बताए । देशको पर्वाह नगर्ने, जनताको कुरा नसुन्ने अवस्थामा प्रधानमन्त्री ओली र एमाले रहेको उनले बताए ।

‘लोकतन्त्रमा पार लगाउने पार्टीले नै हो । अनि पार्टी कस्तो छ भन्दा एमाले छ । एमाले कस्तो छ भन्दा कमरेड ओलीजस्तो छ । अरुको कुरा सुन्दैन, जनताको पर्वाह गर्दैन’, उनले भने, ‘सारा संकटले देश डुब्दैछ, ओलीलाई नाम चाहिएको छ । एक लाख मान्छे जम्मा भएर केपी बा भन्दिउन् भन्ने छ । त्यो तहमा पुग्ने नेता यो देशका लागि दुर्भाग्य होइन ?’

एमालेले अगामी वैशाख ११ गते ४० वर्षमुनिका एक लाख युवालाई काठमाडौंमा उतारेर युवा उत्सव मनाउने घोषणा गरेको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध अहिले देशभर नै अविश्वास रहेकाले जहाँ गए पनि ‘फलानो चोर, देश छोड’ नारा लाग्ने गरेपछि काउन्टर दिन आफ्ना कार्यकर्ता उतार्ने मुडमा ओली रहेको उनले बताए । यसरी काठमाडौंमा आउने एक लाख युवाले ‘अब आई लभ यू केपी बा’ नभनेर क्रान्तिको हिसाब माग्ने बेला आएको उनले बताए ।

‘संकट हुनसक्छ । तर, विश्वासले बचाउँछ । विश्वास छ ? छैन । यहाँमात्रै होइन, यिनी जहाँ जान्छन्, विरुद्धमा नारा लाग्न थाल्छ, फलानो चोर, देश छोड भनेर । विश्वास त्यहाँसम्म छ’, उनले भने, ‘त्यसलाई जवाफ दिन पर्सि ११ गते ठूलो जनसागरलाई ‘आई लभ यू केपी बा’ भन्न लगाउने होला । दुर्भाग्य ! देशको हालत यस्तो भएको छ ।’

उक्त उत्सवमा आउनेले ‘आई लभ यू केपी बा’ होइन, कमरेड क्रान्तिको हिसाब देऊ, पार्टीको विघटन र संसद्को विघटनको हिसाब देऊ । लोकतन्त्रमाथि यो तहको आक्रमणको हिसाब देऊ भन्नुपर्ने हो । देशलाई निकास दिन जानुपर्ने त्यता हो ।’

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ४१ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

चिकित्सक संघको निर्वाचन सुरु, तीन प्यानलबीच कडा प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि आजदेखि

खण्डहर कारखाना ब्युँझाएर स्वाधीन अर्थतन्त्र थालौँ

कुनै समय थियो– जब काठमाडौँको बालाजु यन्त्रशालाले निर्माण गरेका जलविद्युत्

एउटै स्टारलाई दर्शकले कति हेर्लान् ?

काठमाडौं –  मुख्यतः नेपालमा तीन प्रकारका फिल्मले ओपनिङ राम्रो गरेको

सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य 

सिरहा– जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै