भीमाद नगरपालिकाका पूर्वमेयर थापाको निधन « Khabarhub

भीमाद नगरपालिकाका पूर्वमेयर थापाको निधन


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

पोखरा– तनहुँको भीमाद नगरपालिकाका पूर्वमेयर मेखबहादुर थापाको निधन भएको छ । ५५ वर्षे थापाको सोमबार दिउँसो काठमाडौंस्थित किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

नेकपा एमाले भीमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापाका अनुसार, मेखबहादुर थापा लामो समयदेखि कलेजोसम्बन्धी समस्याबाट पीडित थिए । कलेजो प्रत्यारोपणको तयारी भइरहेका बेला उनको स्वास्थ्य अचानक बिग्रिएको थियो । 

आइतबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सोमबार निधन भएको हो । उनकी छोरी निशा थापा कलेजो दान दिन सहमत भएकी थिइन् ।

थापाको पार्थिव शरीर सोमबार रातिसम्म भीमाद–२ स्थित निजी निवासमा ल्याइएको थियो । मंगलबार नगरपालिकामा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर  सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारी लगायत नेताले उनको पार्थिव शरीरमा एमालेका झन्डा ओढाएका छन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थापाले आफ्नो कार्यकालमा नगर विकासमा सक्रिय भूमिका खेलेका थिए। उनका एक छोरा र एक छोरी छन् ।

गएको फागुन २३ गते उनकी पत्नी भोविमाया थापाको मिर्गौलाको रोगका कारण निधन भएको थियो । पत्नीको मृत्यु भएको डेढ महिनामै मेयर थापाको मृत्यु भएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ३४ बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’