साम्रागी र रिहानले गर्दैछन् फिल्म ? « Khabarhub

साम्रागी र रिहानले गर्दैछन् फिल्म ?


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘भ्वाइस अफ नेपाल सिजन ४’बाट युवापुस्ता माझ परिचित रिहान गिरी फिल्ममा व्यस्त बन्न लागेका छन् । उनले गत फागुनमा प्रदर्शनमा आएको ‘होस्टल ३’मार्फत् नेपाली फिल्ममा डेब्यू गरेका हुन् । उनी भुटानी नागरिक हुन् ।

नयाँ कलाकार उत्पादन गर्ने सिरिजका रुपमा होस्टलका श्रृङ्खला स्थापित छन् । नायक अनमोल केसी, नायिका स्वस्तिमा खड्का र नायक सुशील श्रेष्ठ होस्टल श्रृङ्खलाबाटै उदाएका कलाकार हुन् ।

‘होस्टल–३’ले पनि नयाँ कलाकारलाई स्थापित गराउने छनक देखाएको छ । यसका कलाकारहरुलाई अन्य निर्माताहरु फिल्ममा लिन उत्सुक भएको देखिन्छ ।

‘होस्टल–३’का नायक रिहान गिरीले नयाँ फिल्ममा अनुबन्ध भएको गसिप पनि यसबेला सिनेमावृतमा चर्चामा छ । उनी नायिका साम्रागी राज्यलक्ष्मी शाहसँग फिल्म गर्न लागेको बुझिएको छ ।

यस फिल्मको नाम, कलाकार, निर्देशक र छायाङ्कनबारेका जानकारी गोप्य राखिएको छ ।

रिहानको सामाजिक सञ्जाल हेर्दा उनले साम्राज्ञीसँग गर्ने भनेको फिल्मको छायाङ्कन सुरु भएको जस्तो देखिन्छ । उनले पाँचथरको सुभाङमा गाउँमा पुगेर टिकटक बनाइरहेका छन् ।

रिहानले सोमबार सार्वजनिक गरेको एक भिडियोले उनी पाँचथरमा छायाङ्कनमा रहेको पुष्टि हुन्छ । रिहानले एक बच्चा खेलाइरहेका छन् । पृष्ठभूमिमा साम्राज्ञी ग्रामिण महिलाको पहिरनमा देखिन्छन् ।

भिडियोका एक व्यक्तिले भन्छन्, ‘सुटिङ चलिरहेको छ यहाँ ।’ साम्राज्ञी पनि सुटिङको व्यस्त रहे जस्तो देखिन्छ । यसले साम्रागी र रिहानले नयाँ फिल्म गर्न लागेको चर्चालाई बढवा भने दिइको छ ।

तर, उक्त भिडियो फिल्म छायाङ्कनकै हो भनेर यकिन गर्ने अवस्था भने छैन ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ५० बजे

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई