ट्रम्पको धम्कीले क्युबेकलाई क्यानाडाको नजिक ल्याउँदै « Khabarhub

ट्रम्पको धम्कीले क्युबेकलाई क्यानाडाको नजिक ल्याउँदै


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

मन्ट्रियल– लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानाडाको भागका रूपमा आफ्नो पहिचानलाई दुर्लभ जोशका साथ अँगाल्दै आएको छ ।

अमेरिकाको उत्तरी छिमेकी विरुद्ध अमेरिकी राष्ट्रपतिको आक्रमण र यसलाई ५१औँ राज्य बनाउने उहाँको घोषित लक्ष्यले देशभरका मानिसहरूलाई २१औँ शताब्दीमा क्यानाडाली हुनुको अर्थ के हो भनेर पुनर्विचार गर्न प्रेरित गरेको छ । उक्त पुनर्विचारलाई आउँदै गरेको सामान्य निर्वाचनले थप प्रोत्साहन दिएको छ ।

अपेक्षाहरू विपरीत क्यानाडाको बहुमतबाट आफूलाई अलग राख्न मन पराउने क्युबेक–फ्रान्सेली भाषी प्रान्त नयाँ देशभक्तिको भावनालाई सबैभन्दा बढी उत्साहपूर्वक अपनाउनेहरू मध्ये एक भएको छ ।

‘यो पागलपन हो, केवल केही हप्तामा मैले धेरै कुरामा विकास गरेको छु– म आफूलाई धेरै क्यानोडाली भएको महसुस गर्दछु’, क्यारोल पोटभिनले स्वतन्त्रता समर्थक ब्लक क्युबेकिस पार्टीको गढ रहेको मन्ट्रियल छिमेकमा कफी पिउँदै बसेर फ्रान्सेली भाषामा भने, ‘हामीले खतरामा परेको महसुस गर्यौं र अमेरिकी शत्रुको सामना गर्न मलाई यो स्पष्ट लाग्छ कि हामी एकजुट हुनुपर्छ ।’

क्युबेकको विशिष्ट संस्कृति र राजनीतिक इतिहाससँगै यस भाषाले स्वतन्त्रताको सपनालाई पोषण गरेको छ । विभाजनबारे प्रान्तको सबैभन्दा भर्खरको जनमतसङ्ग्रह सन् १९९५ मा भएको थियो । यद्यपि हालसम्म धेरैले नयाँ जनमत सङ्ग्रह चाँडै हुन सक्ने आशा गरेका थिए ।

कतिपयका लागि सीमाको दक्षिणमा ट्रम्पको शपथग्रहण पछिका हप्ताहरूले सबै कुरा परिवर्तन गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : १६ बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’