वातावरण मन्त्रीले भने- सरकारले थामे बस्तीको पुनः निर्माण अघि बढाउँछ « Khabarhub

वातावरण मन्त्रीले भने- सरकारले थामे बस्तीको पुनः निर्माण अघि बढाउँछ


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सरकारले जलवायु परिवर्तनजन्य विपद्बाट प्रभावित सगरमाथा क्षेत्रको थामे बस्तीको पुनः निर्माण अघि बढाउने जनाएको छ ।

मंगलबार खुम्बु गाउँपालिका–५ थामेमा ‘साथसाथै’ नामक संस्थाले आयोजना गरेको आरोही सम्मेलनमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले थामेको पुनः निर्माणलाई सरकारले अपनत्व लिएको बताए । 

अन्तर्राष्ट्रिय पृथ्वी दिवसका अवसर पारेर आयोजित आरोही सम्मेलनमा मन्त्री शाहीले बाढीका कारण भत्किएको थामे बस्तीको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै तत्कालीन पुनः स्थापना र दीर्घकालीन पुनर्निर्माणमा सरकारले स्पष्ट रणनीतिसहित कार्य योजना अघि बढाउने प्रतिबद्धता जनाए । 

उनले भने, ‘हिमताल फुटेर आएको बाढीले थामेमा विनाश निम्त्याएको छ । यो केवल स्थानीय प्राकृतिक घटना होइन, यो वैश्विक जलवायु परिवर्तनको असर हो । नेपालले कुनै गल्ती नगरे पनि जलवायु सङ्कटको सजाय भोगिरहेको छ ।’ 

मन्त्री शाहीका अनुसार यस्तो संवेदनशीलतालाई ध्यानमा राखी जलवायु न्यायको अन्तर्राष्ट्रिय बहसमा नेपालले थप कडा आवाज उठाउनुपर्ने आवश्यकता छ । ‘अब जलवायु सङ्कटबारे केवल बहस होइन, कार्यान्वयनमुखी दृष्टिकोण आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा रक्षा मन्त्री मानवीर राई, पर्यावरण तथा पर्वतारोहण क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, आरोही, वातावरणविद्, सञ्चारकर्मी र स्थानीय बासिन्दाको उपस्थिति  छ ।

गत वर्षको भदौमा थामेमा हिमताल फुटेर आएको बाढीले थामेका दर्जनौँ घरसँगै खेतीयोग्य जमिन, पुल, पदमार्ग, बिजुली लाइन, खानेपानी योजना र धार्मिक संरचनामा समेत क्षति पुर्‍याएको थियो । 

विस्थापित परिवार हाल अस्थायी टहरा र छिमेकीका घरहरूमा शरण लिएर बसेका छन् । सात महिना बितिसक्दा पनि पुनः निर्माण अघि बढ्न सकेको छैन ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : २८ बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’