बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव « Khabarhub

बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको बर्षायाममा मेलम्ची खानेपानी बन्द नहुने बताएका छन् ।  

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यस वर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताएका हुन् । 

बर्षायाममा मेलम्ची खोलाबाट नभई नजिकैको अर्को खोलाबाट पानी ल्याइने उनले बताए । त्यस्तै उनले शिवपुरी लगायतका स्रोतबाट व्यवस्थापन गरेर भए पनि उपत्यकावासीलाई खानेपानीको कमी हुन नदिने दाबी गरे ।

मन्त्री यादवले बबरमहलमा खानेपानीको पाइप फुटेको विषयमा छानबिन समिति बनाइएको भन्दै पाइपको गुणस्तर जाँच्ने प्रविधि नेपालमा नहुँदा समस्या भएको बताए । पाइपको गुणस्तरको जाँचका लागि भारत पठाउँदा सीमामा नै रोकिएको उनले गुनासो गरे । 

मन्त्री यादवले खानेपानीमा तीनै तहको सरकार मिलेर शत प्रतिशत लगानी राज्यले गर्ने उल्लेख गरे  ।  

उनले देशका सबै स्थानका नागरिकलाई स्वच्छ खानेपानी पुराउने मन्त्रालयको लक्ष्य भए पनि बजेटका कारण केही समस्या आएको बताए । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ३८ बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’