धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीले ज्यान गुमाए | Khabarhub Khabarhub

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीले ज्यान गुमाए


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टि गाउँमा पारिवारिक कलहका कारण आमाले आफ्नै तीन सन्तानलाई विष खुवाएर ज्यान लिएकी छन् । प्रहरीका अनुसार त्यसपछि उनले पनि आत्महत्या प्रयास गरेको आशंका सुरु गरिएको छ ।

मृत्यु हुनेमा स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साह छन् । उनीहरूको मृत्यु विष खाएका कारण भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ करिब ६ः४० बजे बबिता साह आफ्ना तीन बालबालिकासहित घरभित्रै अचेत अवस्थामा फेला परेकी थिइन् । छिमेकीले तत्कालै सबैलाई उपचारका लागि जनकपुरतर्फ लगे पनि तीन सन्तानको ज्यान जोगाउन सकिएन । उनीहरूको अस्पतालमै मृत्यु पुष्टि भयो ।

३० वर्षीया आमा बबिता भने अझै जीवन र मृत्युको दोसाँधमा छिन् । उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटना भएको करिब साढे दुई घण्टा पछिमात्र प्रहरीलाई जानकारी दिइएकाले अनुसन्धान ढिलो भएको प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए ।

 ‘हामी राति करिब ९ बजे मात्र घटनास्थल पुग्न सकेका थियौँ,’ उनले भने, ‘अहिले घटनाको प्रकृति हेर्दा पारिवारिक विवादका कारण यस्तो दुःखद परिणाम आएको देखिन्छ ।’

स्थानीय स्रोतका अनुसार साह दम्पतीबीच पछिल्लो समय पारिवारिक तनाव तीव्र थियो । पति सुशील साहको लामो समयदेखि घरबाहिर बसोबास र आर्थिक समस्याले गर्दा बविता मानसिक रूपमा निकै तनावमा थिइन् भन्ने प्रारम्भिक तथ्य सार्वजनिक भएको छ । यद्यपि, यो पुष्टिको लागि विस्तृत अनुसन्धान आवश्यक रहेको प्रहरीले बताएको छ ।

तीन नानीहरूको एकैसाथ मृत्यु भएपछि बसुदेवपट्टी गाउँ शोकमा डुबेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ४२ बजे

चैत १५ गते तीनकुनेबाट किन भागे दुर्गा प्रसाईं ? दिए यस्तो स्पष्टीकरण

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

काठमाडौं– मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ

‘अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौं महानगरको प्रयास उल्लेखनीय’

काठमाडौं– काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

महेन्द्रनगर– मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले

बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने 

काठमाडौं– बलिउड चर्चित फिल्म ककटेलको सिक्वेल निर्माण हुने भएको छ।