इजरायलले गाजामा ५० दिनका लागि सहायता रोक्यो : राष्ट्रसङ्घ « Khabarhub

इजरायलले गाजामा ५० दिनका लागि सहायता रोक्यो : राष्ट्रसङ्घ


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले ५० दिनदेखि गाजा पट्टीमा सबै प्रकारका सहायताको प्रवेश रोकेको र प्यालेस्टिनीहरूमा परेको प्रभाव निकै गम्भीर रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले सोमबार राति न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) लाई उद्धृत गर्दै ५० दिनदेखि खाना, इन्धन, औषधि वा अन्य आवश्यक आपूर्ति गाजामा प्रवेश नगरेको बताए।

‘रासन काटिएको छ । महत्त्वपूर्ण औषधि, खोप र चिकित्सा आपूर्ति सबै कम हुँदै गइरहेको छ’, उनले भने, ‘बालबालिका र वयस्कहरू भोकमरीबाट पीडित छन् र गाजा पट्टीमा स्वास्थ्य प्रणाली पतनको सँघारमा रहेको छ ।’

डुजारिकले लाखौँ मानिस विस्थापित भएको पनि बताए भने आपतकालीन टोली र सहायताकर्मीहरूमाथि इजरायली आक्रमणहरू फेरि बढेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ४७ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि