शिक्षक महासंघको आन्दोलनबारे शेखर कोइरालाको चासो « Khabarhub

शिक्षक महासंघको आन्दोलनबारे शेखर कोइरालाको चासो


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंमा जारी नेपाल शिक्षक महासंघको आन्दोलनबारे चासो व्यक्त गरेका छन् । पार्टीको शिक्षा विभागका प्रमुख नैनसिंह महर र नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीलाई फोन गरेर उनले शिक्षक आन्दोलनबारे चासो व्यक्त गरेका हुन् ।
 
कांग्रेसले संसद्को शिक्षा उपसमितिमा छलफलका क्रममा रहेको शिक्षक विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयकबारे पूर्ण धारणा निर्माणका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख महरलाई जिम्मेवारी दिएको छ । 

नेता कोइरालाले सोही विषयमा महरसँग टेलिफोनमा कुराकानी गरेको सचिवालयले जनाएको छ । 

‘डाक्सापले आज (मंगलबार) शिक्षा विभाग प्रमुख र शिक्षक संघका अध्यक्षलाई फोन गरेर शिक्षक आन्दोलन र समाधानका लागि भइरहेको प्रयासबारे जानकारी लिनुभएको छ,’ सचिवालयले भन्यो । 

शिक्षकहरू सडकमा आइसकेपछि साझा धारणा बनाएर समाधान खोज्नु पर्नेमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुपर्ने अवस्था सिर्जना हुनु दुर्भाग्य भएको कोइरालाको भनाइ छ । उनले शिक्षा विभाग प्रमुख महर र शिक्षक संघका अध्यक्ष गिरीसँग शिक्षक आन्दोलनका कारण विद्यालय सञ्चालन र भविष्यको विषयले आफूलाई चिन्तत बनाएको बताएका थिए । 

सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू सङ्घीय राजधानी काठमाडौंमा आन्दोलन चर्काइरहेका छन् । 

विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन नेपाल शिक्षक महासङ्घको नेतृत्वमा उनीहरूले आन्दोलन गरेको २१ दिन पुगिसकेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : २० बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि