कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु « Khabarhub

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला भएको छ ।

सुरक्षा अधिकारीका अनुसार पर्यटकहरूमाथि बन्दुकधारीले गोली बर्साएका हुन् । जुन घटनामा एकजना नेपाली पर्यटकसहित अहिलेसम्म २६ जनाले ज्यान गुमाएका छन् ।

जम्मु-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यसलाई हालैका वर्षमा आमनागरिकलाई निशाना बनाइएको सबैभन्दा ठूलो घटना भनेका छन् । यो आक्रमणमा कयौँजना घाइते भएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

बीबीसीका अनुसार केही घाइतेहरूलाई अनन्तनागको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । दैनिक भास्करका अनुसाभर यो आक्रमणमा पर्यटकका रुपमा पहलगाम पुगेका एकजना नेपाली पनि मारिएका छन् । तर उनको पहिचान खुलाइएको छैन । नेपालीसहित आक्रमणमा मारिनेमा अन्य विदेशी पर्यटक पनि छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् । उनले हमलामा संलग्नलाई कुनै हालतमा नछाडिने उल्लेख गरेका छन् ।

जम्मु-कश्मीरकी स्वास्थ्य मन्त्री सकीना इटुले पत्रकारहरूलाई बताएअनुसार अनन्तनाग मेडिकल कलेनजमा केही घाइतेलाई भर्ना गरिएको छ । तीनजना घाइतेको अवस्था गम्भीर छ । तीमध्ये एकको अवस्था चिन्ताजनक छ । उनका अनुसार अर्का घाइतेलाई श्रीनगरको अस्पतालमा भर्ना गरिएको छ ।

मोदीले यस घटनाको कडा शब्दमा निन्दा गर्दै भनेका छन्, ‘यस जघन्य घटनाको पछाडि जो छन्, उनीहरूलाई कडा सजाय हुनेछ । हामी उनीहरूलाई छाड्ने छैनौँ ।’

मोदीले गृह मन्त्री अमित शाह श्रीनगर गएर आपतकालीन बैठक राख्ने बताएका छन् । राज्यका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाकाअनुसार घटनास्थललाई सुरक्षाकर्मीले घेरिसकेका छन् ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । यो हमला कश्मीर उपत्यकामा पर्यटकको ओइरो लागेको समय भएको हो ।

पहलगाम पर्यटकका लागि धेरै लोकप्रिय छ । हरियो घाँसै मैदान र तालहरूका कारण यो ठाउँ चर्चित छ । यहाँ हरेक वर्ष हजारौँ पर्यटक पुग्छन् । यो आक्रमण पहलगामबाट करिब ५ किलोमिटरको दूरीमा भएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १० : ३२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते