कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली « Khabarhub

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.1k
Shares
  • change font
  • change font
  • change font

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण जम्मु-कश्मीरको पहलगाममा मंगलबार भएको छ । मंगलबार दिउँसो भएको यो आक्रमणमा नेपालीसहित कम्तीमा २६ जना पर्यटकको ज्यान गएको छ ।

चरमपन्थीहरूले पर्यटकको नाम सोधीसोधी गोली हानेको समाचार बीबीसीसहितका भारतीय सञ्चारमाध्यले प्रकाशित गरेका छन् । यो आक्रमणमा इजरायल र इटालीका २/२ जना पर्यटक मारिएका छन् ।

भारतीय चर्चित अनलाइन दैनिक भास्करका अनुसार यो आक्रमणमा एकजना नेपाली पर्यटकको पनि मृत्यु भएको छ। स्थानीय अधिकारीलाई उद्धृत गर्दै भास्करले लेखेअनुसार मारिएका नेपाली पर्यटकको पहिचान सुदीप न्यौपानेका रुपमा भएको छ । तर उनको नेपालको ठेगानाबारे थप पुष्टि भएको छैन । दैनिक भास्करले मारिएकाध्ये १८ जनाको पहिचान भएको जनाएको छ।

चरमपन्थीको समूहले मंगलबार दिउँसो पर्यटकहरूको समूहमाथि गोली चलाएको हो । जसमा अहिलेसम्म २६ जनाको ज्यान गइसकेको छ। मारिनेहरूमा गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक छन् ।

घटना मंगलबार दिउँसो पौने ३ बजे भएको खुलेको छ । यो घटना पहलगामको ब्यासारन उपत्यकामा भएको हो ।

समाचारअनुसार चरमपन्थीले एक एक गरेर पर्यटकको नाम सोध्दै शिरमा गोली हानेका थिए । त्यसपछि अन्य पर्यटकलाई पनि गोली हान्दै चरमपन्थीको समूह भागेको थियो । यो आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिइसकेको छ ।

कश्मीर प्रशासनले चरमपन्थी हमलामा एकजनाको मात्रै ज्यान गएको बताएको थियो । तर चार घण्टापछि समाचार एजेन्सीले २६ जनाको मृत्यु भएको खबर सार्वजनिक गरे । यो घटनामा २० भन्दा धेरै घाइते भएका छन् । घटनापछि सुरक्षाबलले पहलगाममा आक्रमण भएको क्षेत्रलाई घेरेका छन् । हेलिकप्टर पनि परिचालन गरिएको छ।

घटनापछि भारतीय गृहमन्त्री अमित शाह दिल्लीबाट श्रीनगर पुगिसकेका छन् । उनले राजभवनमा सेना र प्रशासनका अधिकारीको उच्चस्तरीय बैठक गरिरहेका छन् ।

रक्षामन्त्री राजनाथ सिंहले सेना प्रमुख उपेन्द्र द्विवेदीसँग वार्ता गरेर अवस्थाबारे जानकारी लिएका छन् । अहिलेसम्म मारिनेमा ६ जनाको पहिचान भएको छ । जसमध्ये भारतीय नागरिकसहित १६ जनाको नाम खुलेको छ । मारिएका विदेशी पर्यटकको नाम खुल्न नसकेको दैनिक भास्करको अनलाइन संस्करणले जनाएको छ ।

जो मारिए


१. लेफ्टिनेन्ट विनय नरवाल (हरियाणा)
२. हिमांशी नरवाल (हरियाणा)
३. शालिन्दर कल्पिया (गुजरात)
४. मन्जुनाथ राव (कर्नाटक)
५. विदेशी पर्यटक (इटली
६. सुदीप न्यौपाने (नेपाल)
७. शिवम मोगा (कर्नाटक)​​​​​​​
८. शुभम द्विवेदी (उत्तर प्रदेश)
९. दिलीप डेसले (महाराष्ट्र)
१०. अतुल मोहने (महाराष्ट्र)
११. सैयद हुसैन शाह (अनन्तनाग)
१२. उधवानी कुमार (यूएई)
१३. सञ्जय लेले
१४. हिम्मत कलाथय
१५. प्रशान्त कुमार
१६. मनीष राजन
१७. रामचन्द्रन
१८. शलिन्दर कल्पिया
१९. बिटन अधिकारी (नेपालीका रूपमा पुष्टि हुन बाँकी)

घाइतेहरू
१. विनो भट्ट (गुजरात)
२. एस बालचन्द्रू (महाराष्ट्र)
३. अभिजवन राव (कर्नाटक)
४. संतरू (तमिलनाडु)
५. साहसी कुमारी (उडिसा)
६. डा. परमेश्वर
७. माणिक पाटिल
८. रिनो पान्डे

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १० : ५६ बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन