आज २०८२ साल जेठ ८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ ८ गते बिहीबारको राशिफल


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ८ गते बिहीबार। जेठ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मे २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन संघर्षमय छ। नसोचेको आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफन्तसँग जोगिएर काम गर्नु उचित हुन्छ। लगानी गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुनेछ। परिवारका सदस्यसँग जोगिएर काम गर्नुपर्ने बाध्यता आइलाग्ने छ।

वृष : दिन राम्रो छ। दैनिकी सहज बन्ने योग छ। कर्मक्षेत्रमा गरेका प्रयास सफल हुनेछन्। वैदेशिक क्षेत्रको प्रयासमा उन्नति हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ।

मिथुन : शुभ ग्रहको साथ मिल्नेछ। नयाँ योजना बनाउने समय छ। परिवारको साथ प्राप्त हुनेछ। कर्म क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ।

कर्कट : दिन खुशीका साथ बित्नेछ। नयाँ कुराको प्रस्तुति सुन्न पाइने छ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। गुम्न लागेको धन फिर्ता हुने योग छ। बौद्धिक क्षेत्रमा विवाद हुने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ।

सिंह : दिन सामान्य छ। तपाईंको कामको मूल्यांकन हुने छ। लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। वैदेशिक क्षेत्रको लगानी ठगको पञ्जामा जोखिम छ। प्रेम सम्बन्धमा भने सुधार आउनेछ।

कन्या : दिन सामान्य राम्रो छ। श्रम गरेको ठाउँबाट तपाईंको मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। व्यापारबाट नाफा हुनेछ। परिवारलाई विश्वास गर्दा समस्याको सामना गर्नुपर्ने जोखिम छ।

तुला : शिक्षामा प्रगति हुनेछ। तपाईंको मिहिनेतको कदर हुने दिन छ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। राजनीतिमा लाभको पद लिने अवसर मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने देखिन्छ।

वृश्चिक : समय राम्रो छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए नाफा आर्जन हुनेछ। एकल भन्दा संयुक्त लगानी गर्नु फाइदा देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। नयाँ कामको सुरुवात नगर्नु राम्रो हुनेछ। पुराना योजनालाई निरन्तरता दिनु नै फाइदा हुनेछ। गुरुले प्रशंसा गर्ने दिन छ। आफन्त र सन्तानले साथ दिनेछन्।

मकर : दिन राम्रो छ। समाजसेवा गरेमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। घरभित्र सम्बन्ध सुमधुर बन्दा परिवारको साथमा घुमघामको अवसर मिल्नेछ।

कुम्भ : दिन सामान्य छ।सानो काममा ठुलो झन्झट आइपर्ने खतरा देखिन्छ। मनमा चिन्ता बढ्नेछ। तपाईंले आज लामो यात्रा नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। काम गर्दा बाहिरका व्यक्ति भन्दा नजिकका आफन्तबाट सचेत रहनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ५ : ०१ बजे

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग