आज २०८२ साल जेठ ८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ ८ गते बिहीबारको राशिफल


८ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ८ गते बिहीबार। जेठ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मे २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन संघर्षमय छ। नसोचेको आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफन्तसँग जोगिएर काम गर्नु उचित हुन्छ। लगानी गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुनेछ। परिवारका सदस्यसँग जोगिएर काम गर्नुपर्ने बाध्यता आइलाग्ने छ।

वृष : दिन राम्रो छ। दैनिकी सहज बन्ने योग छ। कर्मक्षेत्रमा गरेका प्रयास सफल हुनेछन्। वैदेशिक क्षेत्रको प्रयासमा उन्नति हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ।

मिथुन : शुभ ग्रहको साथ मिल्नेछ। नयाँ योजना बनाउने समय छ। परिवारको साथ प्राप्त हुनेछ। कर्म क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ।

कर्कट : दिन खुशीका साथ बित्नेछ। नयाँ कुराको प्रस्तुति सुन्न पाइने छ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। गुम्न लागेको धन फिर्ता हुने योग छ। बौद्धिक क्षेत्रमा विवाद हुने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ।

सिंह : दिन सामान्य छ। तपाईंको कामको मूल्यांकन हुने छ। लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। वैदेशिक क्षेत्रको लगानी ठगको पञ्जामा जोखिम छ। प्रेम सम्बन्धमा भने सुधार आउनेछ।

कन्या : दिन सामान्य राम्रो छ। श्रम गरेको ठाउँबाट तपाईंको मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। व्यापारबाट नाफा हुनेछ। परिवारलाई विश्वास गर्दा समस्याको सामना गर्नुपर्ने जोखिम छ।

तुला : शिक्षामा प्रगति हुनेछ। तपाईंको मिहिनेतको कदर हुने दिन छ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। राजनीतिमा लाभको पद लिने अवसर मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने देखिन्छ।

वृश्चिक : समय राम्रो छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए नाफा आर्जन हुनेछ। एकल भन्दा संयुक्त लगानी गर्नु फाइदा देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। नयाँ कामको सुरुवात नगर्नु राम्रो हुनेछ। पुराना योजनालाई निरन्तरता दिनु नै फाइदा हुनेछ। गुरुले प्रशंसा गर्ने दिन छ। आफन्त र सन्तानले साथ दिनेछन्।

मकर : दिन राम्रो छ। समाजसेवा गरेमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। घरभित्र सम्बन्ध सुमधुर बन्दा परिवारको साथमा घुमघामको अवसर मिल्नेछ।

कुम्भ : दिन सामान्य छ।सानो काममा ठुलो झन्झट आइपर्ने खतरा देखिन्छ। मनमा चिन्ता बढ्नेछ। तपाईंले आज लामो यात्रा नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। काम गर्दा बाहिरका व्यक्ति भन्दा नजिकका आफन्तबाट सचेत रहनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ५ : ०१ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन