श्वेत किसानमाथिको ज्यादतीका विषयमा ट्रम्प र अफ्रिकी राष्ट्रपतिको बहस « Khabarhub

श्वेत किसानमाथिको ज्यादतीका विषयमा ट्रम्प र अफ्रिकी राष्ट्रपतिको बहस


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – दक्षिण अफ्रिकामा श्वेत किसानलाई सताइएको कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई भनेको विषयमा बुधबार ओभल अफिसमा दक्षिण अफ्रिकाका राष्ट्रपतिको सामना गरेका छन् ।

ट्रम्पले दक्षिण अफ्रिकामा श्वेत किसानको हत्या हुने गरेको आरोप लगाउँदै एउटा भिडियो पत्रकार सम्मेलनमा सार्वजनिक भएको थियो । ट्रम्पले सो भिडियो दक्षिण अफ्रिकामा कहाँ खिचिएको भन्ने आफूलाई थाहा नभएको बताए।

ट्रम्पको आरोपलाई सावधानी पूर्वक खण्डन गरेका दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल साम्फोसाले दक्षिण अफ्रिकामा श्वेत भन्दा अश्वेत किसान नै बढी हिंसाको सिकार हुने गरेको बताए । राम्फोसा ट्रम्पसँग व्यापार वार्ता गर्न तथा अमेरिका दक्षिण अफ्रिका सम्बन्ध फेरि सुधार गर्न त्यहाँ पुगेका हुन् ।

सुरुमा सौहार्द पूर्ण वातावरणमा सुरु भएको वार्तामा ट्रम्पले भिडियो प्रसारण गर्न भनेपछि अन्तै मोडिएको थियो । सो भिडियोमा विपक्षी जुलियस माथेमा कराइरहेकी थिइन् । उनले किसानलाई आक्रमण गर्न भनिरहेको दृश्य देखिएको थियो ।

राम्फोसाले दक्षिण अफ्रिकामा प्रजातान्त्रिक व्यवस्था भएका कारण यो सरकारी नीति नभएको बताए । राम्फोसाले दक्षिण अफ्रिकाको संसदमा मालेमाको दलको सानो हिस्साको मात्र प्रतिनिधित्व भएको बताए ।

सो भिडियो हेर्दै ट्रम्पले भने, ‘यो सही या खराब थाहा भएन । तथापि किसान अश्वेत भने थिएनन्’, ट्रम्पले भने । दक्षिण अफ्रिकामा नरसंहार भएको विषय अहिले धेरै तिर चर्चा भइरहेको छ । गत फेब्रुअरीमा यो विषयमा कुरा उठे पनि न्यायाधीशले नै एउटा मुद्दा खारेज गरेका थिए ।

राम्फोसाले यस विषयमा दक्षिण अफ्रिकाकै श्वेतको विचार सुन्न आश्वयक रहेको बताए । उनले भ्रमण प्रतिनिधि मण्डलमा समावेश श्वेतहरू गल्फर एर्नेएस र रेटिफ गुसेनको साथमा दक्षिण अफ्रिकाका धनी व्यक्ति जोनान रुपर्ट पनि सो भ्रमण टोलीमा छन् । राम्फोसाले उनीहरूबाटै सबै कुरा बुझ्न सकिने बताए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : ४७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको