श्वेत किसानमाथिको ज्यादतीका विषयमा ट्रम्प र अफ्रिकी राष्ट्रपतिको बहस « Khabarhub

श्वेत किसानमाथिको ज्यादतीका विषयमा ट्रम्प र अफ्रिकी राष्ट्रपतिको बहस


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – दक्षिण अफ्रिकामा श्वेत किसानलाई सताइएको कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई भनेको विषयमा बुधबार ओभल अफिसमा दक्षिण अफ्रिकाका राष्ट्रपतिको सामना गरेका छन् ।

ट्रम्पले दक्षिण अफ्रिकामा श्वेत किसानको हत्या हुने गरेको आरोप लगाउँदै एउटा भिडियो पत्रकार सम्मेलनमा सार्वजनिक भएको थियो । ट्रम्पले सो भिडियो दक्षिण अफ्रिकामा कहाँ खिचिएको भन्ने आफूलाई थाहा नभएको बताए।

ट्रम्पको आरोपलाई सावधानी पूर्वक खण्डन गरेका दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल साम्फोसाले दक्षिण अफ्रिकामा श्वेत भन्दा अश्वेत किसान नै बढी हिंसाको सिकार हुने गरेको बताए । राम्फोसा ट्रम्पसँग व्यापार वार्ता गर्न तथा अमेरिका दक्षिण अफ्रिका सम्बन्ध फेरि सुधार गर्न त्यहाँ पुगेका हुन् ।

सुरुमा सौहार्द पूर्ण वातावरणमा सुरु भएको वार्तामा ट्रम्पले भिडियो प्रसारण गर्न भनेपछि अन्तै मोडिएको थियो । सो भिडियोमा विपक्षी जुलियस माथेमा कराइरहेकी थिइन् । उनले किसानलाई आक्रमण गर्न भनिरहेको दृश्य देखिएको थियो ।

राम्फोसाले दक्षिण अफ्रिकामा प्रजातान्त्रिक व्यवस्था भएका कारण यो सरकारी नीति नभएको बताए । राम्फोसाले दक्षिण अफ्रिकाको संसदमा मालेमाको दलको सानो हिस्साको मात्र प्रतिनिधित्व भएको बताए ।

सो भिडियो हेर्दै ट्रम्पले भने, ‘यो सही या खराब थाहा भएन । तथापि किसान अश्वेत भने थिएनन्’, ट्रम्पले भने । दक्षिण अफ्रिकामा नरसंहार भएको विषय अहिले धेरै तिर चर्चा भइरहेको छ । गत फेब्रुअरीमा यो विषयमा कुरा उठे पनि न्यायाधीशले नै एउटा मुद्दा खारेज गरेका थिए ।

राम्फोसाले यस विषयमा दक्षिण अफ्रिकाकै श्वेतको विचार सुन्न आश्वयक रहेको बताए । उनले भ्रमण प्रतिनिधि मण्डलमा समावेश श्वेतहरू गल्फर एर्नेएस र रेटिफ गुसेनको साथमा दक्षिण अफ्रिकाका धनी व्यक्ति जोनान रुपर्ट पनि सो भ्रमण टोलीमा छन् । राम्फोसाले उनीहरूबाटै सबै कुरा बुझ्न सकिने बताए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : ४७ बजे

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि