राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु « Khabarhub

राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौं पठाउनुपर्ने अवस्था अन्त्य गर्ने सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा सहायक प्राध्यापक डा. रञ्जितकुमार शाहको आगमनसँगै केही दिनअघि जलविन्दुको विशेष उपचार सेवा सुरु भएको हो । सेवा सुरु भएसँगै बिरामीहरू घर आँगनमै उपचार पाएको भन्दै खुसी भएका छन् ।

तुलसीपुर–१५ की ८३ वर्षीया जयमती थरुनीले लामो समयपछि उपचार सेवा पाएपछि खुसी व्यक्त गरिन् । घरबारविहीन थरुनीले उपचारपछि नयाँ जीवन पाएको अनुभव भएको बताइन् ।

डा. शाहका अनुसार यहाँ बहिरङ्ग सेवा (ओपीडी) लिन दैनिकजसो दुईदेखि तीन सय बिरामी आउने गरेका छन् । तीमध्ये पाँचदेखि सात जनामा जलविन्दुको समस्या देखिने गरेको छ । ‘जलविन्दु आँखामा दबाब बढेर दृष्टिमा असर पुर्‍याउने रोग हो । प्रारम्भिक अवस्थामा उपचार सुरु गरिएमा दृष्टि जोगाउन सकिन्छ तर धेरैजसो बिरामी ढिलो गरी अस्पताल आउने भएकाले दृष्टिमा स्थायी क्षति पुगिसकेको हुन्छ’, डा. शाहले भने ।

नेपालमा हालैको एक सर्वेक्षणअनुसार दुई दशमलव एक प्रतिशतभन्दा बढी जनसङ्ख्यामा जलविन्दुको समस्या देखिएको छ । डा. शाह धेरैलाई यसबारे थाहा नहुने, लक्षणको बेवास्ता गर्ने र अस्पताल ढिलो पुग्ने समस्या रहेको बताए । जलविन्दुको मुख्य लक्षणहरूमा दृष्टि धमिलो हुँदै जानु, बत्तीमा हेर्दा इन्द्रेणी रङ देखिनु, टाउको र आँखामा दुखाइ, वाकवाकी लाग्नेलगायत रहेको उनको भनाइ छ ।

यो रोग परिवारमा एक जनामा देखिएको खण्डमा अन्य सदस्यमा पनि हुने सम्भावना रहन्छ । साथै मधुमेह, उच्च रक्तचाप वा आँखामा चोटपटक लाग्दा पनि जलविन्दु हुने सम्भावना रहेको डा. शाहले बताए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ८ : १९ बजे

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

टोकियो- जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको

दार्चुलामा प्रहरी हवल्दारको हत्या, होटलनजिकै भेटियो शव

दार्चुला– दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ ।

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक,

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती– बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ