राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु | Khabarhub Khabarhub

राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौं पठाउनुपर्ने अवस्था अन्त्य गर्ने सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा सहायक प्राध्यापक डा. रञ्जितकुमार शाहको आगमनसँगै केही दिनअघि जलविन्दुको विशेष उपचार सेवा सुरु भएको हो । सेवा सुरु भएसँगै बिरामीहरू घर आँगनमै उपचार पाएको भन्दै खुसी भएका छन् ।

तुलसीपुर–१५ की ८३ वर्षीया जयमती थरुनीले लामो समयपछि उपचार सेवा पाएपछि खुसी व्यक्त गरिन् । घरबारविहीन थरुनीले उपचारपछि नयाँ जीवन पाएको अनुभव भएको बताइन् ।

डा. शाहका अनुसार यहाँ बहिरङ्ग सेवा (ओपीडी) लिन दैनिकजसो दुईदेखि तीन सय बिरामी आउने गरेका छन् । तीमध्ये पाँचदेखि सात जनामा जलविन्दुको समस्या देखिने गरेको छ । ‘जलविन्दु आँखामा दबाब बढेर दृष्टिमा असर पुर्‍याउने रोग हो । प्रारम्भिक अवस्थामा उपचार सुरु गरिएमा दृष्टि जोगाउन सकिन्छ तर धेरैजसो बिरामी ढिलो गरी अस्पताल आउने भएकाले दृष्टिमा स्थायी क्षति पुगिसकेको हुन्छ’, डा. शाहले भने ।

नेपालमा हालैको एक सर्वेक्षणअनुसार दुई दशमलव एक प्रतिशतभन्दा बढी जनसङ्ख्यामा जलविन्दुको समस्या देखिएको छ । डा. शाह धेरैलाई यसबारे थाहा नहुने, लक्षणको बेवास्ता गर्ने र अस्पताल ढिलो पुग्ने समस्या रहेको बताए । जलविन्दुको मुख्य लक्षणहरूमा दृष्टि धमिलो हुँदै जानु, बत्तीमा हेर्दा इन्द्रेणी रङ देखिनु, टाउको र आँखामा दुखाइ, वाकवाकी लाग्नेलगायत रहेको उनको भनाइ छ ।

यो रोग परिवारमा एक जनामा देखिएको खण्डमा अन्य सदस्यमा पनि हुने सम्भावना रहन्छ । साथै मधुमेह, उच्च रक्तचाप वा आँखामा चोटपटक लाग्दा पनि जलविन्दु हुने सम्भावना रहेको डा. शाहले बताए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ८ : १९ बजे

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।