आर्थिक उन्नयनका निम्ति ऊर्जाको विकास अपरिहार्य : डा. महत « Khabarhub

आर्थिक उन्नयनका निम्ति ऊर्जाको विकास अपरिहार्य : डा. महत


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ– अर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन् ।

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको आज बिहान निरीक्षण गरेपछि उनले मुलुकमा उपलब्ध अपार जलस्रोतको अधिकतम उपयोग गरेर राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने बताए ।

ऊर्जाका माध्यमबाट औद्योगिक विकासका साथै बिजुली बेचेर देशलाई समृद्ध बनाउन सकिने तथा विद्युतीय वाहनको प्रयोगबाट पेट्रोलियम पदार्थको आयात पनि घटाउन सकिने भएकाले ऊर्जामा आत्मनिर्भर हुन सघाउने तनहुँ जलविद्युत् आयोजना निर्धारित समयमा पूरा हुनुपर्नेमा उनको जोड रहेको थियो ।

पार्टी प्रवक्तासमेत रहेका नेता महतले आयोजनाको प्याकेज र विद्युतगृहको निरीक्षण गरेका थिए । उनलाई आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्म आयोजनामा भएका प्रगतिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ९ : १९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु